जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • अर्थ मन्त्रालयको बैठकमा गभर्नर अनुपस्थित

अर्थ मन्त्रालयको बैठकमा गभर्नर अनुपस्थित

नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारी अर्थ मन्त्रालयको उच्चस्तरीय बैठकमा अनुपस्थित भएका छन् ।

बिहीबार अर्थ मन्त्रालयमा आयोजीत मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकमा गभर्नर अधिकारी गएनन् ।

अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, राजस्व सचिव कृष्णहरि पुष्कर कर्ण, महालेखा नियन्त्रक सुमन शर्मा, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य, भन्सार विभागका महानिर्देशक कमल भट्टराई, अर्थ मन्त्रालयका महाशाखा प्रमुख, अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न संस्थानका प्रमुखको उपस्थिति थियो ।

बैठकमा राष्ट्र बैंकका तर्फबाट डेपुटी गभर्नर निलम ढुंगाना र अनुसन्धान विभाग प्रमुख प्रकाश श्रेष्ठ सहभागी थिए ।

विगतमा अर्थमन्त्रीको नेतृत्वमा बस्ने बैठकमा राष्ट्र बैंकका गभर्नर सहभागी हुने अभ्यास रहेको अर्थमन्त्रालयका सहसचिवहरु बताउँछन् ।

‘हामीले बुधबार नै एमड्याकको बैठक भएको जानकारी गभर्नर कार्यालयमा गराएको थियौँ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘गभर्नर किन आउनु भएन् थाहा छैन् ।’

आइतबार शर्माले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा समेत गभर्नर अधिकारी मन्त्रीलाई स्वागत गर्न अर्थ मन्त्रालय पुगेका थिएनन् ।

शर्मा दोस्रो पटक मन्त्री भएर आएपछि राष्ट्र बैंकका गभर्नर अधिकारी र शर्मा बीच भेटघाट नै भएको छैन् ।

अर्थ मन्त्रालयको बैठकमा नगएका गर्भनर अधिकारी बिहीबार दिउँसो रेगुलेसन विभागले एक होटलमा आयोजना गरेको बैठकमा भने सहभागी भए ।

गत चैत २५ गते अर्थमन्त्री शर्माले गभर्नर अधिकारीमाथि जाँचबुझ गर्ने मन्त्रिपरिषद्को बैठकबाट निलम्बन गरेपछि शर्मा र अधिकारीबीच सुमधुर सम्बन्ध बन्न सकेको छैन ।

2035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?