जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • निक्षेत तथा कर्जा सुरक्षण कोष र सानिमा बैंकबीच सम्झौता, लघुवित्त र विपन्न वर्गलाई विना धितो कर्जा

निक्षेत तथा कर्जा सुरक्षण कोष र सानिमा बैंकबीच सम्झौता, लघुवित्त र विपन्न वर्गलाई विना धितो कर्जा

निक्षेप तथा कर्जा सुरक्षण कोष र सानिमा बैंकबीच लघु वित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्न सम्झौता भएको हो । सो सम्झौतापत्रमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतासँगै सानिमा बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्नेछ । बैंकले प्रति व्यक्ति १० लाख रुपैयाँसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति ७ लाख रुपैयाँसम्म, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति २० लाख रुपैयाँसम्म कर्जा प्रबाह गर्ने छ ।

यसैगरी वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति १० लाख रुपैयाँसम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा १५ लाख रुपैयाँसम्मको कर्जा प्रबाह गर्ने छ । त्यसरी प्रबाह गरिएको कर्जाको कोषले सुरक्षण गर्नेछ

2600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका