जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकको १२५औं शाखा ललितपुरको नख्खु दोबाटोमा ।

कामना सेवा विकास बैंकको १२५औं शाखा ललितपुरको नख्खु दोबाटोमा ।

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा यही असार ६ गते आफ्नो १२५औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गरी बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स (भच्र्यूृवल) माध्यमद्वारा उक्त शाखाको उद्घाटन गर्नुभएको थियोे ।
उक्त उद्द्धाटन कार्यक्रममा सम्पूर्ण सञ्चालकज्यूहरुको भच्र्युवल उपस्थिति रहेको थियो । यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो । बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

यससंगै अब बैंकले १२५ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा एटिएम मार्फत ग्राहक महानुभावहरुलाई निरन्तर सेवा प्रदान गर्नेछ । बैंकले हालको विषम परिस्थितिमा समेत Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता डिजिटल माध्यमबाट ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

8560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका