जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तराष्ट्रिय बाल मैत्री हस्पिटल प्रहरीको नियन्त्रणमा

अन्तराष्ट्रिय बाल मैत्री हस्पिटल प्रहरीको नियन्त्रणमा

महाराजगंज स्थित अन्तराष्ट्रिय बाल मैत्री हस्पिटलमा उपचारको क्रममा ११ बर्षिय बच्चाको मृत्य भएपछि आफन्तहरु आक्रोशित भएका छन् ।

आक्रोशित आफन्तहरुले छानविन समिति गठन गरि दोषीलाई कारबाहीको माग गरिरहेका छन् । बच्चा भर्ना भएसँगै सातौं दिनसम्म निरन्तर आइसीयू र भेन्टिलेटरमा राखी आज बिहान एक्कासी  बच्चाको मृत्यू भएको  बताइएको थियो ।

काठमाडौं स्थित कपन घर भएकी लिला खतिवडाकी ११ बर्षिय छोरी कृष्णा खतिवडालाई निमोनियाको आशंकामा गत असोज १९ गते अन्तराष्ट्रिय बाल मैत्री हस्पिटलमा भर्ना गरिएको थियो ।

उपचारमा संलग्न डाक्टरहरुको गम्भिर लापरवाहीका कारण बच्चाको ज्यान गएको आफन्तहरुको भनाई छ । आफन्तहरुले हस्पिटलको गेटमा धर्ना दिइरहेका छन् ।

डाक्टरहरुको लापरवाहीका कारण बिरामीको मृत्यू भएको आमा लिला खतिवडाले न्यूज अभियानलाई रुदैँ बताउनु भयो ।

बच्चाको के कारणले मृत्यू भएको भन्नेबारेमा उपचारमा सम्लग्न डाक्टरहरु र हस्पिटल ब्यावस्थापन कोही पनि बोल्न चाहेन् । अन्तराष्ट्रिय बाल मैत्री हस्पिटललाई अहिले प्रहरीले सुरक्षा घेरामा रहेको छ ।

12620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका