जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनसीसी, कुमारी र सनराइज बैंकलाई मर्जर वा एक्वीजिशनमा जान राष्ट्र बैंकको दबाब !

एनसीसी, कुमारी र सनराइज बैंकलाई मर्जर वा एक्वीजिशनमा जान राष्ट्र बैंकको दबाब !

नेपाल राष्ट्र बैंकले कमजोर वित्तीय धरातल भएका र स्थायित्वमा खरो उत्रन नसकेका तीन बाणिज्य बैंकलाई मर्जरमा जान पुस मसान्तसम्मको ‘डेटलाइन’ दिएको छ । राष्ट्र बैंकले २६ साउनमा अरु केही बैंकका सञ्चालक र व्यवस्थापकहरुलाई बोलाएर यी तीन बैंक मर्जर वा एक्वीजिशनमार्फत् आफूमा समाहित गर्न आग्रह नै गरेको थियो ।

राष्ट्र बैंकले गत विहीबार सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंकका प्रतिनिधीलाई बोलाएर अहिलेसम्म मर्जरको समझदारी नगरेका साना ३ वाणिज्य बैंक लिगिदिन आग्रह गरेको हो । एनसीसी, कुमारी र सनराइज बैंकलाई लिइदिन राष्ट्र बैंकले आग्रह गरेको बैठकमा सहभागि एक बैंकरले जानकारी दिए । बैठकमा सानिमा बहोकका बैंकले यसबारे ‘विचार गर्ने’ भनेका छन् । तर सानिमा बैंकले कुनै पनि हालतमा अर्को बैंक नकिन्ने अडान राष्ट्र बैंकसामु प्रस्तुत गरेको छ ।

यी तिनवटै बैंकहरु लामो समयदेखि विबाद र अस्थिरताको भूमरीमा फसेका छन् । एनसीसी बैंक त डेढ दशकदेखि एनबी समूहको लफडाले घेरिएको छ । यही कारण राष्ट्र बैंकले नै सञ्चालक समिति निलम्बन गरेर आफैंले बैंकको सञ्चालक समिति पठाएको थियो । त्यसबेला राष्ट्र बैंककै अधिकारीहरुले इण्टरनेशनल, इन्फ्रास्ट्रक्चर, सुप्रिम र एपेक्स डेभेलपमेण्ट बैंकलाई एनसीसीमा मर्जर गराइदिएका थिए । तै पनि बैंकको अवस्था सोचेजस्तो सुधार भएको छैन ।

बीचमा एक पटक विनोद चौधरीले एनसीसीलाई नबील बैंकमा गाभ्न प्रयास गरेको हल्ला चलेको थियो । तर त्यसबेला शेयरको दोस्रो बजारबाट सीमित व्यक्तिले लाभ उठाउनमात्रै यस किसिमको हल्ला चलाइएको पुष्टि भएको थियो । राष्ट्र बैंकले नै मर्जर गराइदिएको एनसीसीमा पहिलेको एपेक्स डेभेलपमेण्ट बैंकले कमसल धितोमा कर्जा दिएका कारण समस्या भएको छ । १७ पुस २०७३ मा मर्जर भएर एकीकृत कारोबार सुरु भएको साढे ५ वर्ष वित्दा पनि एपेक्सको १८ करोड पुरानो ऋण उठेको छैन ।

उता सनराइज बैंकले सिर्जना फाइनान्स एक्वीजिशन गर्ने समझदारी गरेर पछि समझदारी तोडेको थियो । यही कारण केन्द्रिय बैंकले सनराइजलाई ३ वर्षसम्म शाखा विस्तार गर्न रोक लगाएको छ । सनराइजमा जलविद्युत् लगानीकर्ता समेत रहेका शैलेन्द्र गुरागाईँ समूह र दुगड समूहबीच विवाद भएपछि सिर्जना फाइनान्स गाभ्ने समझदारी तुहिएको थियो ।

दुगड परिवारमा पनि बैंकको अध्यक्ष मोतिलाल दुगड र उनकै भतिजा एवम् सञ्चालक मालचन्द दुगडबीच बैंक स्थापना कालदेखि नै मतभेद रहँदै आएको छ । यही कारण बैंकको सीईओ र बाँकी व्यवस्थापकीय नेतृत्व समेत तारन्तार फेरिने समस्या छ । यही कारण पनि राष्ट्र बैंकले सनराइजलाई मर्जर वा एक्वीजिशनमा जान दबाब दिँदै आएको छ ।

यसरी तीन वटै बैंकको व्यवस्थापन कमजोर भएको भनेर राष्ट्र बैंकले पुससम्म मर्जर वा एक्वीजिशनमा जान समयसीमा दिएको छ । राष्ट्र बैंकको दबाब पछि यी बैंकहरुले गत आर्थिक वर्षको कारोबारमा भने आकर्षक नाफा देखाएका छन् ।

गत वर्ष एनसीसीले ५२ प्रतिशत, सनराइजले ४९ प्रतिशत र कुमारीले ४४ प्रतिशत खुद नाफा बृद्धि गरेको तथ्यांक सार्वजनिक गरेका छन् । नाफाको बृद्धिदरका आधारमा २६ बाणिज्य बैंकमध्ये एनसीसी छैटौं, सनराइज आठौं र कुमारी ९ औं स्थानमा छन् । शाखा संख्याको आधारमा प्रतिशाखा नाफा विस्तारमा पनि यी तीनवटै बैंक उत्कृष्ट १० मा पर्छन् ।

यही आधारमा उनीहरुले आफ्नो व्यवसायिक विस्तार उत्कृष्ट रहेको भनेर मर्जरबाट जोगिन केन्द्रिय बैंकसामु दलिल प्रस्तुत गरिरहेका छन् । यद्यपि, लामो समयदेखि कमजोर ‘पर्फरमेन्स’ गरिरहेका यी बैंकको पछिल्लो वित्तीय प्रतिवेदन भने उत्साहजनक देखिनुका पछाडी के कारण छ भनेर खोज्ने प्रयास भएको छैन ।

ती तीनमात्रै होइन, कुनै पनि बैंकले वित्तीय विवरणमा आफ्नो व्यवसायिक हैसियत खस्किएको स्वीकारेका छैनन् । यस्ता त्रैमासिक वित्तीय प्रतिवेदनहरु कत्तिको स्वच्छ र पारदर्शी छ

3990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका