जोडिनुहोस
सोमवार, असार २२, २०८३
सोमवार, असार २२, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकको ११९ औं शाखा काठमाडौंको सुन्दरबस्ती भङ्गालमा

एभरेष्ट बैंकको ११९ औं शाखा काठमाडौंको सुन्दरबस्ती भङ्गालमा

एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा उद्घाटन गरेको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्ष सुमन तामाङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले सुन्दरबस्ती भङ्गाल शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा काठमाडौं उद्योग वाणिज्य संघका कार्यकारी सदस्य रत्न भुषण छकुबाजी, बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेती, लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यसै उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले सुन्दरबस्ती भङ्गालका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छन् । यस बैंकका ग्राहक हालसम्म करिब १२ लाख रहेका छन् ।

5010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्