जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एलआइसी नेपालको खुद बीमाशुल्कमा सामान्य सुधार

एलआइसी नेपालको खुद बीमाशुल्कमा सामान्य सुधार

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद बीमाशुल्क संकलनमा सामान्य सुधार आएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा भने गिरावट आएको छ ।

कम्पनीले यस अवधिमा ५ अर्ब २२ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३.८९ प्रतिशतले बढी हो ।

कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ अर्ब ३ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीको खुद नाफा ४४.९० प्रतिशतले घटेर ३ करोड १९ लाख रुपैयाँमा समिति भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीको खुद नाफा ५७ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट १ अर्ब ५४ करोड २३ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा प्रवाह गरी ३८ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ ४४ पैसा छ ।

कम्पनीको जगेडा कोषमा ६६ करोड ८९ लाख रुपैयाँ छ । जीवन बीमा कोषमा ८३ अर्ब ४० करोड ४२ लाख रुपैयाँ र महाविपत्ती कोषमा २६ करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले ४ हजार ८३२ वटा दाबी बापत ३ अर्ब ७४ करोड १९ लाख रुपैयाँ भुक्तानी गर्दा २९ करोड ८८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीले अभिकर्ता कमिशन शीर्षकमा ५० करोड १४ लाख रुपैयाँ, सेवा शुल्क शीर्षकमा ५ करोड २२ लाख रुपैयाँ खर्च गरेको छ ।

3810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका