जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता

गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता

गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता भएको छ । बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भूक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रा.लिद्धारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको हो।

सम्झौतापत्र अनुसार, विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिक गराई विभिन्न सेवाहरु जस्तैस् मोबाईल टपअप, ईन्टरनेटरबिधुतरखानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानी लगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् ।

साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दा बढी मर्चेन्टहरुमा स्क्यान टु पे मार्फत सजिलै बिल भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।

हालसम्म बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

3570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका