जोडिनुहोस
सोमवार, असार २२, २०८३
सोमवार, असार २२, २०८३
  • होमपेज
  • भदौ तेस्रो साताबाट दसैँका लागि नयाँ नोट सटही

भदौ तेस्रो साताबाट दसैँका लागि नयाँ नोट सटही

नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँका लागि यहि भदौ तेस्रो साताबाट नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले दसैँलाई लक्षित गर्दै नयाँ नोट साट्ने व्यवस्था गर्न लागेको हो । यसका लागि राष्ट्र बैंकले तयारी गरिरहेको छ ।

मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालका अनुसार भदौ २० गतेसम्म राष्ट्र बैंकमा नयाँ नोट आउनेछ । सम्बन्धित विभागबाट स्वीकृति लिएपछि १–२ दिनभित्रै राष्ट्र बैंकका सबै कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्ने व्यवस्था गरिनेछ । यस वर्ष ५, १०, २०, ५० र १०० दरका नयाँ नोट साट्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले चाडपर्वमा नगदभन्दा पनि डिजिटल कारोबारलाई जोड दिनुपर्ने बताउनुहुन्छ ।

3955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्