जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न दिने विषय नियमावलीमा समेटिनुपर्छ: अध्यक्ष सिलवाल

बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न दिने विषय नियमावलीमा समेटिनुपर्छ: अध्यक्ष सिलवाल

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई विदेशमा पनि शाखा खोल्न दिनुपर्ने बताएका छन् । उनले हिजो बीमा नियमावली, २०७९ को मस्यौदा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बीमा कम्पनीहरुलाई विदेशमा पनि शाखा खोल्ने वातावरण बनाउनुपर्छ यसमा कञ्जुस्याइ गर्न नहुने बताएका हुन् ।

अध्यक्ष सिलवालले भने, “नेपाली बीमा कम्पनीहरूको पूँजी बढ्दै गएको छ, त्यसलाई पनि हेर्नुपर्छ । नेपाली बीमा कम्पनीलाई विदेशमा शाखा खोल्न दिने विषयलाई नियमावलीमा समेटिनुपर्छ, यसमा कञ्जुस्याइँ गर्नुहुँदैन, बाटो खोल्दै जानुपर्छ । धेरै नेपाली कार्यरत रहेका देशमा नेपाली बीमा कम्पनीले शाखा खोल्न सक्छन् । विदेशी बीमा सर्भेयरलाई पनि नियमावलीमा समेट्नुपर्छ ।”

त्यस्तै, उनले कार्यक्रमलाई सम्बोधन गर्दै बीमा नियमावलीले सम्बोधन गर्नुपर्ने विषयहरूका बारेमा संस्थागतरूपमा सात दिनभित्र लिखित सुझाव दिन आग्रह गरे । अध्यक्ष सिलवालले बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता लगायत सरोकारवालाहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा बीमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि सरकारलाई बुझाइने जानकारी दिए ।

“बीमक, बीमा मध्यस्थकर्ता र बीमितका सम्बन्धमा नियमावलीमा के कस्ता व्यवस्था हुन आवश्यक छ, त्यस सम्बन्धी सुझावको अपेक्षा गरिएको छ । बीमा नियमावली फराकिलो हुनुपर्छ, यसमा सबै विषयलाई समेट्नुपर्छ” उनले भने ।

वर्षौंदेखि कार्यरत पुराना बीमा सर्भेयर र नयाँ सर्भेयर छनौटका सम्बन्धमा नियमावलीमा स्पष्ट व्यवस्था गर्नुपर्छ । बीमा अभिकर्तालाई बीमा कम्पनीले काम दिने भएकाले त्यसको जस अपजस पनि कम्पनीले लिनुपर्छ । खाइपाई आएको सुविधा घटाउन नपाइने कानूनी व्यवस्था छ, त्यसलाई पनि ध्यान दिनुपर्ने लगायतका विषयमा अध्यक्ष सिलवालले स्पष्ट पारेका थिए ।
अध्यक्ष सिलवालले बीमा व्यवसायको विकास एवम् विस्तारका लागि बीमा ऐन, नियम र निर्देशिका पूर्णरूपमा पालना गरी अगाडि बढ्न बीमा कम्पनीहरूलाई निर्देशन समेत दिए ।

1630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका