जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एक बोतल रक्सीकै ६ लाख भन्दा बढि मुल्यमा विक्री गर्ने, ग्रीनलाईन सेन्टरका सञ्चालक अग्रवाल दाजुभाइलाई नेपाल इन्भेष्टमेण्ट बैंक लगायत ५ बैंकले दिएको ३ अर्ब कर्जा फस्योः रक्सी पसलमै बैंकहरुको डरलाग्दो सूचना !

एक बोतल रक्सीकै ६ लाख भन्दा बढि मुल्यमा विक्री गर्ने, ग्रीनलाईन सेन्टरका सञ्चालक अग्रवाल दाजुभाइलाई नेपाल इन्भेष्टमेण्ट बैंक लगायत ५ बैंकले दिएको ३ अर्ब कर्जा फस्योः रक्सी पसलमै बैंकहरुको डरलाग्दो सूचना !

मदिरापारखीहरु सबैमा इच्छा होला ६ लाख मूल्य बोतलको रक्सी चाख्ने त्यही रक्सी बेच्ने मालिकहरुलाई ५ वाणिज्य बैंकले दिएको ३ अर्ब भन्दा बढि कर्जा डुबेको छ भन्दा अब चाहि फरक पर्दैन । महंगो मदिरा बेच्ने मालिकहरु भारत फरार भएपछि ५ वाणिज्य बैंकहरुले रक्सी पसलमै सूचना टाँस गरेर चुप लागेर बसेका छन् भन्दा अब चाहि फरक पर्दैन । हिमालयन बैंक लिमिटेडसंग मर्जरको सम्झौता गरेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड लगायत ५ वटा बैंकले पसललाई दिएको कर्जा डुब्ने भएको छ । भन्दा अब चाहि फरक पर्दैन ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड लगायत ५ वटा बैंकहरुले ग्रीन लाईन सेन्टर प्रा.लि. (रक्सी) पसललाई दिएको ३ अर्ब कर्जा डुब्ने भएको छ भन्दा फरक फर्दैन । सो कम्पनीका प्रबन्ध निर्देशक अभिषेक अग्रवाल र सीइओ अमित अग्रवाल ५ वाणिज्य बैंकहरुको ३ अर्ब भन्दा बढि कर्जा नतिरी भारत फरार भएको भेटिएको छ । भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् ।

यी दुई ऋणी भारत फरार भए पनि बैंकहरुले रक्सी पसलको सटरमा सूचना टासी चित्त बुझाउने काम गरेका छन् भन्दा फरक पर्दैन । यी कम्पनीका दरवारमार्ग र कान्तिपथ शोरुमा बैंकहरुको सूचना प्रकाशन गरेर चित्त बुझाएको देखिन्छ । हेक्का होस् । रक्सीको शोरुम नै बन्द गरेर ऋणीद्वय अभिषेक अग्रवाल र अमित अग्रवाल भारत फरार भएपछि ५ बैंकहरुका ३ अर्ब कर्जा फसेको देखिन्छ भन्दा फरक पर्दैन ।
ग्रीन लाईन सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक अभिषेक अग्रवाल र सीइओ अमित अग्रवालले महंगो रक्सी बेच्दै आएका थिए । भनिन्छ जनकपुर घर भएका यी अग्रवालद्वय दाजुभाइले नेपाल इन्भेष्टमेण्ट बैंक लगायत ५ बैंकले दिएको ३ अर्ब कर्जा नतिरी भारत भागेको प्रहरी उच्च स्रोतको दाबी छ ।

अग्रवाल दाजुभाईलाई बढी ऋण दिएको नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले ग्रीनलाइन सेन्टरको पसलमा सूचना नै टाँसेर बसेको छ भन्दा फरक पर्दैन गर्भनर साब हेक्का होस् । सन् १९९९ मा जनकपुरका ओमप्रकाश अग्रवालले ग्रीनलाइन सेन्टर कम्पनी स्थापना गरेका थिए । कम्पनीले महंगा विदेशी ब्राण्डका रक्सीहरु बिक्री गर्र्दै आएको र उसले नेपाली बैंकबाट ठूलो मात्रामा कर्जा लिएको देखिन्छ ।
प्रहरी उच्च स्रोतका अनुसार अभिषेक अग्रवाल ५ महिना देखि नै भारत पसेका छन् भने अमित अग्रवाल ४ महिना देखि सम्पर्कमा छैनन् । उनी पनि भारत गएको प्रहरीको बुझाई छ ।

बैंकहरुले धितोभन्दा बढी ऋण ग्रीनलाइन सेन्टर प्रा.लि.का अग्रवाल दाजुभाईलाई दिएको भेटिएको छ । एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनलाई ब्यालेन्ससिटको आधारमा दिइने हाइपोथेटिकल कर्जा दिएको भेटिएको छ । गर्भनर साब हेक्का होस् ।
यी दुई बैंक बाहेक अन्य ३ वटा बैंकले भने अन्य शीर्षकमा व्यक्तिगतरुपमा २ अर्ब ऋण दिएका थिए । यसबाहेक सहकारीहरुले कर्जा दिएको देखिन्छ ।

कोभिडपछि ग्रीनलाइन र अग्रवाल दाजुभाईको व्यापारमा समस्या आएको हो । नगद प्रवाह बन्द भएपछि अग्रवाल दाजुभाईले मिटर ब्याज तथा सहकारीसँग समेत पैसा उठाएको स्रोतको दाबी छ । भनिन्छ ग्रीनलाइनसँग नेपालका ठूला भनिएका मदिरा तथा बियर कम्पनीको उधारो बाँकी छ । यसबाहेक महंगो मदिरा आयात गर्ने कम्पनी तथा फर्मको समेत पैसा लिन बाँकी छ । अचम्मको कुरा त के छ भने ग्रीनलाइन सेन्टर प्रा.लि.मा एक बोतल रक्सीकै ६ लाख रुपैयाँभन्दा बढी मूल्य रक्सी समेत बिक्री हुँदै आएको थियो । भन्दा फरक पर्दैन । महंगो रक्सी जस्तै बैंकहरुलाई अब कर्जा उठाउन महंगो पर्ने देखिन्छ ।

कुन वाणिज्य बैंकले कति दिए कर्जा ?
ग्रीन लाईन सेन्टर प्रा.लि.लाई वाणिज्य बैंकहरुले अग्रवाल दाजुभाइका फरक फरक कम्पनीमा ऋण लगानी गरेका छन्। एभरेष्ट बैंक लिमिटेडको करिब २२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ३२ करोड, ग्लोबल आइएमइ बैंकको करिब १८ करोड र मेगा बैंकको करिब २५ करोड ऋण दिएको खुलेका छ ।

यी बैंकले दिएको सबै ऋण हाइपोथेटिकल होइन। विभिन्न ठाउँमा रहेका चारवटा फ्ल्याट, घरजग्गा लगायतका सम्पत्ति पारिपासोमा राखेर ऋण दिइएको छ। मेगा बैंकको स्टक र धितो दुवै राखेर ऋण दिएको छ। एभरेष्ट बैंकले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ। ग्लोबल आइएमइले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको छ। इन्भेष्टमेन्ट बैंकको पनि धितो र स्टकमा ऋण छ। हेक्का होस् ।

11145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका