
एभरेष्ट बैंक र दराज बीच ुदराज दशैं धमाकाु महोत्सवका लागि सम्झौता भएको छ। बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्ड वहाकहरुलाई आकर्षक छुट हुने विज्ञप्तिमा उल्लेख छ।
अनलाइनबाट सामान किनेर डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्म छुट दिने बैंकले जनाएको छ। बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुनेछ। बैंकले यस सम्झौताले दराजसँगै एभरेष्ट कार्डवाहक ग्राहकलाई छुट्टै उत्साह थपिने जनाएको छ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म १२ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ ब्त्ः सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































