जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फको ट्रफी उचाले शेर्पाले

लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फको ट्रफी उचाले शेर्पाले

नोर्बु छिरिङ शेर्पाले शनिबार काठमाण्डौको गोकर्ण गल्फ क्लबमा सम्पन्न लक्ष्मी सनराइज बैंक इनभाइटेशनल गल्फको आठौं संस्करणको उपाधि जितेका छन् । 

दुई ह्यान्डिक्यापसँग खेल्दै शेर्पाले ४१ स्टेबलफोर्ड अंक जोडेर उपाधि जितेका हुन् । 

४१ अंक जोड्दै उनले १२ औं र १७ औं होलमा बोगीहरूविरुद्ध पहिलो, तेस्रो, चौथो, १३ औं र १८ औं होलमा बर्डी कार्ड खेले। आशिष श्रेष्ठले ४० अंक जोड्दै प्रतियोगितामा उपविजेता बनेका थिए ।

ताशी डोङले ३९ ग्रस अंक जोड्दै उत्कृष्ट ग्रसको अवार्ड जितेकी छन् । महिलातर्फ सुमित्रा खड्का ३४ अङ्कका साथ विजेता र आरती राणा ३३ अङ्कका साथ उपविजेता भइन् । 

मेजर जनरल (निवृत्त) महेश विक्रम कार्की टेन्डी शेर्पासँग बराबरी भएपछि काउन्ट ब्याकमा ३४ अंकका साथ सिनियर (६० वर्ष र सोभन्दा माथि)तर्फ बिजेता बने । सद्भाव आचार्यले सबैभन्दा लामो ड्राइभको अवार्ड, ताहिर शाहले सबैभन्दा नजिकको पिन र वाङ्चेन धोन्डुपले चार बर्डी र एउटा चीलसहित मोस्ट बर्डीजको अवार्ड पाए। लक्ष्मी सनराइज कलरको पहिरन लगाएका विजयबहादुर श्रेष्ठले मोस्ट एलिगेन्ट गल्फर अवार्ड पाए ।

लक्ष्मी सनराइज बैंकले प्रायोजन गरेको उक्त इभेन्टमा स्टेबलफोर्ड ढाँचामा ३/४ ह्याण्डीक्यापसहित ७ महिला गल्फरसहित ९६ गल्फ खेलाडीको सहभागिता रहेको थियो । 

प्रतियोगिताका विजेताहरुलाई लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए ।

3765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका