जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बैंकहरुले बढाएको व्याजदरप्रति अर्थमन्त्री असन्तुष्ट

बैंकहरुले बढाएको व्याजदरप्रति अर्थमन्त्री असन्तुष्ट

बैंकहरुले वृद्धि गरेको व्याजदरप्रति अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट देखिएका छन् । बिहीबार काठमाडौंको भुकुटीमण्डमा आयोजित पहिलो विद्युतीय सवारी साधनहरुको प्रदर्शनीको ‘नाडा इभि एक्स्पो २०२२’ काे उदघाटन गर्दै अर्थमन्त्रीले यस्तो असन्तुष्टी व्यक्त गरेका हुन । उनले बैंकहरुप्रति लक्षित गर्दै भने निक्षेपमा १३ प्रतिशतसम्म ब्याजदर बनाएपछि उद्योगमा लगानी कसले गर्छ ?

बैंकहरुले वृद्धि गरेको ब्याजदरका बारेमा मन्त्रालयमा समेत छलफल गरिने अर्थमन्त्री शर्माले बताएका छन् । उनले भने, ‘यो आर्थिक वृद्धिका लागि निक्कै घातक छ यसका बारेमा मन्त्रालयका सचिवसहितको टोलीमा छलफल हुन्छ ।’

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना भएको उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण समेत सहभागी रहेको छ । उक्त एक्स्पोमा अमेरिकन डोनर संस्था युएसएडले विद्युतीय सवारी साधनको साक्षरताका लागि इभी चौतारी नामक तीन दिने सुचनामूलक गोष्ठीको सन्चालन गर्ने आयोजकले जनाएको छ ।

नाडा इभी एक्स्पो २०२२ ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहेका छन् । एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याट्री, ९ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ ।

 

1415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका