जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता, मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता, मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंक लिमिटेडबीच मर्जर सम्झौता भएको छ । सोमबार यी दुई बैंकबीच एकआपसमा गाम्भे गाभिनेबारे सम्झौता भएको हो ।

एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन्। सेयर स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएको हो।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन्। कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन्। मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ।

एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने छ। कुमारीले भने यो योजना ल्याउने छैन। अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९०० कर्मचारी छन्। एक्सटेन्सन काउन्टरबाहेक शाखा संख्या ३५५ पुग्ने छ।

3150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?