जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • जाजरकोट भूकम्प : मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने सरकारको निर्णय

जाजरकोट भूकम्प : मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने सरकारको निर्णय

सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन्।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा हालसम्म १५७ जनाको मृत्यु भएको छ।

हाल प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्य जारी रहेको छ।

3515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्