जोडिनुहोस
बुधबार, बैशाख १०, २०८२
बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • शेयर कर्जा मिलाउन खेतानले बेचे लक्ष्मी बैंकको ३६ लाख कित्ता शेयर

शेयर कर्जा मिलाउन खेतानले बेचे लक्ष्मी बैंकको ३६ लाख कित्ता शेयर

व्यवसायी राजेन्द्र खेतानले लक्ष्मी बैंकको झन्डै ३६ लाख कित्ता शेयर बिक्रि गरेका छन् । उनले शेयर धितो कर्जाको सीमा मिलाउन ३५ लाख ७५ हजार कित्ता शेयर बिक्रि गरेका हुन् ।

उनले ठूलो मात्रामा बैंकको शेयर बिक्रि गर्दा आइतबार लक्ष्मी बैंकको सर्वाधिक २६ करोडको कारोबार भएको थियो । उनले ३ पटकमा गरेर शेयर बिक्रि गरेका हुन् । उनले पहिलो चरणमा ११ लाख कित्ता , दोस्रो चरणमा पनि ११ लाख कित्ता र तेस्रो तथा अन्तिम चरणमा १३ लाख ७५ हजार कित्ता शेयर बिक्रि गरेका हुन् । त्यस्तै उनले हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ लाख कित्ता शेयर पनि बेचेका छन् । उनले सबै शेयर ब्रोकर नम्बर ४९ बाट बिक्रि गरेका हुन् ।

असोज ९ गते आइतबार ब्रोकर नम्बर ४९ बाट लक्ष्मी बैंकको १३ लाख ७६ हजार ६ सय ५० कित्ता शेयर बिक्रि भएको छ । यी शेयर प्रति कित्ता १८६ देखि १९४ रुपैयासम्ममा बिक्रि भएका हुन् । त्यस्तै असोज २ गते ब्रोकर नम्बर ४९ बाट लक्ष्मी बैंकको ११ लाख ४ हजार १ सय ५२ कित्ता शेयर बिक्रि भएको छ । यी शेयर प्रति कित्ता १८८ देखि १९८ रुपैयाँसम्म बिक्रि भएका हुन् ।  त्यस्तै भदौ ३० गते ब्रोकर नम्बर ४९ बाट लक्ष्मी बैंकको ११ लाख १ सय १० कित्ता शेयर बिक्रि भएको छ ।  यी शेयर प्रति कित्ता १९४ देखि १९७ रुपैयाँसम्ममा बिक्रि भएका हुन् ।  यी ३ दिनमा गरेर उनले  ३५ लाख ७५ हजार कित्ता शेयर बिक्रि गरेका हुन् ।

झन्डै १ अर्बको शेयर कर्जा रहेका उनको यी शेयर बिक्रि गरेपछि कर्जाको सीमा १२ करोड भित्रै आई पुगेको बताईएको छ ।

3370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।