जोडिनुहोस
मङ्लबार, बैशाख २३, २०८२
मङ्लबार, बैशाख २३, २०८२
  • होमपेज
  • बैकिङ क्षेत्र टिकाउन ब्याजदर वृद्धि गर्नुपर्‍यो’

बैकिङ क्षेत्र टिकाउन ब्याजदर वृद्धि गर्नुपर्‍यो’

बैंकको लागत निजी क्षेत्रलाई पनि नबाँढ्ने हो भने बैकिङ क्षेत्र टिक्न सक्दैन । यदी बैंकिङ क्षेत्र टिक्न सकेन भने अर्थ व्यवस्था कसरी चल्छ ?कोभिड–१९ महामारीका कारण दुई वर्ष कर्जाको माग नहुँदा सप्लाइ बढी थियो । बैंकहरुले घर घरमा गएर बेस रेटमा कर्जा दिए । बैंकहरुको पनि सेल्स मेकानिजम हुन्छ । बैंकहरु पनि आफ्नो लागात उठाउन व्यावसायिक योजना अनुसार नै अघि बढीरहेका हुन्छन् । सोही अनुसार केही बेस रेटभन्दा तल र केहीले बेस रेटमै कर्जा दिए ।

सस्तोमा कर्जा लिने र दिनेबारे त्यतिबेला निजी क्षेत्रले कुनै नैतिकता देखाएन । कोभिडको समयमा डिमान्ड पनि थिएन । गल्ती त्यहीँ भएको थियो । पछिल्लो चरणमा कर्जा पुनर्संरचना र पुनरतालिकीकरण गर्दा जरिवाना नलाग्ने पुनर्कर्जा लगायतका कारणले बजारमा पैसा आएको थियो । बैंकहरुले पनि स्रोत पर्याप्त हुँदा बेस रेटमा लगानी गरे । तर, अहिले स्रोतको अभाव छ । त्यही अवस्था रहोस् भन्ने चाहाना निजी क्षेत्रको अहिले देखिन्छ ।

निक्षेप र कर्जाको विश्लेषण गर्दा २०७८ असारमा निक्षेपको ४.६८ प्रतिशत भारित औसत ब्याजदर रहेकामा आज करिब ८ प्रतिशत पुगेको छ । २०७८ असारमा कुल निक्षेपमा ४४ देखि ४६ प्रतिशत मुद्दती निक्षेपको भार थियो । आज त्यो बढेर ५८ प्रतिशत नाघेको छ । निजी क्षेत्रले पनि बैंकको समस्या बुझिदिनु पर्छ । बैंकहरुको निक्षेपमा लागतको भार बढेको छ । यसले ३ प्रतिशत बिन्दु भन्दा बढीले बैंकहरुको लागतमा प्रत्यक्ष असर पुर्‍याएको छ । गत वर्ष ६.६ प्रतिशत रहेको बेस रेट ९.७२ पुगिसकेको छ । गएको महिनाको जोड्दा १० प्रतिशत पुग्ने अवस्था छ । लागतमा यस्तो परिवर्तन भएको छ । बैंकको लागत निजी क्षेत्रलाई पनि नबाँढ्ने हो भने बैकिङ क्षेत्र टिक्न सक्दैन । यदी बैंकिङ क्षेत्र टिक्न सकेन भने अर्थ व्यवस्था कसरी चल्छ ?

नयाँ ग्राहकलाई कर्जा दिने पैसा छैन

राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंकहरुले ४.४ को स्प्रेड रेटमा बस्ने हो । बैंकहरु निक्षेपको लागतको आधारमा चल्ने हो । गत आर्थिक वर्षमा बैंकहरुको सञ्चालन नाफा जम्मा ८.९२ प्रतिशतले बढेको छ । १०.५२ प्रतिशत अघिल्लो वर्षमा गरेको जोखिम प्रोभिजनबाट राइट ब्याक गरेको आम्दानी हो । तपाईंहरु पनि लगानी कर्ता हुनुहुन्छ होला, लगानीमा प्रतिफल कति छ भन्ने कुरा हेर्न सक्नुहुन्छ । लगानीमा प्रतिफल ३/४ वर्ष अगाडि कति थियो र अहिले कति छ ?बैंकहरुको फी तथा कमिसन आम्दानी करिब ५ प्रतिशतले मात्रै बढेको छ । ट्रेडिङ आम्दानी ३५ प्रतिशतले घटेको छ । अन्य सञ्चालन आम्दानी करिब ४० प्रतिशतले घटेको छ । बैंकहरुले लिनुपर्ने एटीएम शुल्क, ट्रान्सफर शुल्क नलिएर कर्जा शुल्क मात्रै लिएर काम गरेका छन् । स्रोत अभाव भएर बैंकहरुले पछिल्लो ६ महिना कर्जा लगानी गर्न सकेका छैनन् । त्यस अवधिमा पहिलेको लगानीको पोर्टफोलियो व्यवस्थापन गरेर नाफा कमाएको हो । १८ प्रतिशतको औसत नाफा वृद्धि त्यही कारणले भएको हो । बैंकहरुले वार्षिक ८/९ प्रतिशतको रिटर्नमा काम गरिरहेका छन् ।

बैंकहरुले यो चुनौतीबीच दुई पटक ब्याजदर बढाएका छन् । ब्याजदर वृद्धि पनि निजी क्षेत्रको हितमा नै हुने गरी समय दिएर बढाएका छौं । बजार, मुद्रास्फीति तथा व्यवसायीलाई असर नहोस् भनेर कात्तिक मंसिरमा ब्याजदर बढाएका हौं । निजी क्षेत्रले पनि बढेको ब्याजदरका लागि तयार गर्न सकुन् भनेर त्यसो गरिएको हो ।

वित्तीय स्रोतको लागत सेयर हुनैपर्छ । निजी क्षेत्रले सबै लागत जोडेर बजारमा जाने बैंकले भने लागत जोड्न नपाउने भन्ने संसारमा कही हुन्छ ? लागत विश्लेषण गरौं । कहाँ बढी छ कहाँ कम छ ? पछिल्लो पटक फागुनमा निक्षेपको ब्याजदर बढाएर समय दिएका छौं । अहिले पनि एक महिना अगाडि ब्याजदर बढाएर समय दिएका छौं । नयाँ ग्राहकलाई कर्जा दिने पैसा छैन । पुरानालाई एक महिनाको समय दिएका छौं । स्रोतको लागत बढेपछि त्यही अनुसार कर्जामा लिने हो ।

दीर्घकालीन स्रोत व्यपस्थापन गर्नुपर्छ

अहिलेको समस्या समाधान भने दीर्घकालीन स्रोत व्यवस्थापनबाट मात्रै समाधान हुन्छ । दीर्घकालीन रिसोर्स कसरी व्यवस्थापन गर्ने भन्नेमा सोच्नुपर्छ । त्यसको बन्ड र डिबेञ्चरको मार्केट विकास गर्नुपर्छ । दीर्घकालीन स्रोत भएपछि परियोजनको आधारमा लगानी हुन्छ । ऋणपत्र र बण्डको स्रोतलाई क्षेत्रगत विकासलाई लगाउन सक्यौं र स्रोत व्यवस्थापन गर्न सक्यौं भने त्यसले राम्रो गर्छ ।

चालु पूँजी कर्जाको कुरा गर्दा भारतमा १९८० माा लागू भएको मार्गदर्शन हामी अहिले परीक्षण गर्दैछौं । संकटको बेला पर्यो भन्ने गुनासो स्वभाविक छ । तर, यो अभ्यास विश्वभर छ । यसको कार्यान्वयन र कर्जामा भएको मिसम्याचको विषयमा छलफल भइरहेको छ । त्यसमा पनि एउटा निकास आउँछ । बैंक र व्यवसायीको डोरी एउटै हो । यसमा दोषारोपण भन्दा पनि दुवै पक्ष मिलेर अगाडि बढ्यौं भने मात्रै समस्यामा पार पाउँछौं ।

चुनाैतीमा अवसर खोज्ने हो

आवधिक कर्जामा लामो समयका लागि स्थिार ब्याजदरमा कर्जा लगानी गर्ने सकिन्छ । भइरहेको पनि छ । अर्को ब्याजदर घटे घट्न र बढे बढ्न भनेर बैंकसँग सम्झौता गरेर सम्झौताको कुरालाई उछालिरहेको हुन्छौं । बैंकसँग खुसुक्क सहमति गर्ने तर, बाहिर उछालिरहेका हुन्छौं । बेसरेटमा प्रिमियम थपघट हुन्छ । बेसरेट प्रकासन हुन्छ । प्रणालीमा पैसा भयो भने प्रिमियम कम हुन्छ । अहिले पैसा छैन छुट नभएर फेयर मूल्यमा गयो । यो नियामकीय व्यवस्था हो । त्यहाँबाट बाहिर गएको छैन ।

बैंकिङ क्षेत्र स्थायित्व भए मात्रै अर्थतन्त्र स्थायित्व हुन्छ । बैंकिङ क्षेत्र अस्थिर भएमा त्यसले अर्थ व्यवस्थामा के असर गर्छ त्यसलाई बुझ्नुपर्छ ।
यदी नियामकीय व्यवस्थाबाट बाहिर गएको छ भने नियामकीय निकायमा पनि गुनासो सुनुवाइ इकाइ छ । आधिकारीक रुपमा विषय आयो भने विषयगत रुपमा बैंकर्स संघमा पनि छलफल गर्छौं । मिसम्याच कसले कति गर्‍यो स्पष्ट हुनुपर्छ । त्रुटि हुनसक्छ । भएको छ भने करेक्सन गर्ने हो । बैंकिङ क्षेत्र स्थायित्व भए मात्रै अर्थतन्त्र स्थायित्व हुन्छ । बैंकिङ क्षेत्र अस्थिर भएमा त्यसले अर्थ व्यवस्थामा के असर गर्छ त्यसलाई बुझ्नुपर्छ ।

बैंकहरुले राष्ट्र बैंकले नियामकीय व्यवस्थाभित्र रहेर व्यावसायिक रणनीति अनुसार काम गरेका छन् । गुनासो छन् भने सम्बोधन गर्ने हो । नीतिगत रुपमा स्पेस भने त्यसको पहलमा बैंकर्स संघले पनि सुझाव दिएकै हुन्छ । लागत अनुसारको मूल्य सेयर भएन भने समग्रै बैंकिङ उद्योग नै टिक्न सक्दैन ।

भारत, अमेरिका र बेलायतले ब्याजदर बढाएकै छन् । युरोपका अधिकांश बैंकले बढाएका छन् । निक्षेप राख्दा शुल्क लिने देशका बैंकले ब्याजदर बढाइरहेका छन् । हामीले निक्षेपमा पहिलेदेखि नै उच्च ब्याज दिएका छौं । लागत समायोजन गर्न कहाँ कहाँ भूमिका खेल्न मिल्छ त्यसमा अध्ययन गरौं । लागत मूल्यका सेयर र लागत कटौती तथा स्रोत व्यवस्थापनले नै ब्याजदर स्थायित्वले अर्थतन्त्रलाई स्थायित्व दिने कुरमा सपोर्ट गर्छ । स्रोत र ब्याजदरलाई कसरी व्यवस्थापन गरेर अगाडि बढ्ने हो । यो समस्या हामीसँग जोडिएको चुनौती हो । यसमा अवसर खोज्ने हो ।

(काठमाडौं उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको कार्यक्रममा बैंकर्स संघका अध्यक्ष उपाध्यायले व्यक्त विचार

3335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

आईएमई लाइफले ल्यायो सजिलो ई-लोन सेवा, अब बीमितले घरबाटै आवेदन दिएर ऋण पाउने
गभर्नर नियुक्तिमा ढिलाईलाई लिएर सरकारको चौतर्फी आलोचना
सरकारले खारेज गर्‍यो नागरिक एप निर्देशिका
एक महिनामै बैंकहरुको गैरबैंकिङ सम्पत्ति १.०७ प्रतिशतले बढ्यो
‘सञ्चालकहरुको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’
शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न
बच्यो ४ संस्थाका सीइओको पद  !
फाइनान्सको खस्कदो वित्तीय अवस्था: खराब कर्जा चुलिँदा ७ कम्पनीले ब्यहोरे घाटा
लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
बीमा क्षेत्रमै पहिलोपटक सूर्यज्योती लाईफले ल्यायो ‘डिजिटल कार्ड’ सेवा

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?