जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अघि बढ्यो नयाँ स्टक र कमोडिटीज एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया

अघि बढ्यो नयाँ स्टक र कमोडिटीज एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटीज एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिने गरि काम अघि बढाएको छ । बोर्डले एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिटीज एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिदैंछ ।

त्यसका लागि स्टक एक्सचेन्ज तर्फ ३ र कमोडिटीज एक्सचेन्जफर्त ४ आवेदन परेको छ । अब एक महिना भित्रै नै उनीहरु मध्येबाट तोकिएको कोटामा उत्कृष्ट कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिने बोर्डको तयारी छ

अब लाइसेन्सका लागि आवेदन दिएको कम्पनीको मुल्याकन गर्नूपर्छ । त्यसको लागि बोर्डले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा मूल्याङ्कन समिति बनाएको छ । बोर्डको आइतबार बिहान बसेको संचालक समितिको बैठकले सहसचिव गौतमको नेतृत्वमा चार सदस्यीय मल्याङ्क समिति गठन गरेको हो । समितिको सदस्य अर्थमन्त्रालयको तर्फबाट रितेश कुमार शाक्य, राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक मुकुन्द कुमारी क्षेत्री रहेका छन् । शाक्य अर्थमन्त्रालयको तर्फबाट र क्षेत्र राष्ट्र बैंकको तर्फबाट बोर्डको संचालक समेत रहेका छन् । यस्तै, मूल्यङ्कन समिति सदस्यमा बोर्डका कार्यकारी निर्देशक मुक्तिानाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका गिरी पनि रहेका छन् ।

अब मुल्यांकन समितिले नै लाइसेन्सका लागि आवेदन दिएका कम्पनीहरुको मुल्यांकन गर्नेछ । त्यसपछि मुल्यांकन समितिले सिफारिस सहित सञ्चालक समितिमा मुल्यांकन प्रतिवेदन पठाउने छ । त्यसपछि सोही आधारमा बोर्डले तोकिएको कोटामा छनोट हुने कम्पनीलाइ लाइसेन्स दिनेछ ।

बोर्डका अनुसार एक महिना भिनै नयाँ स्टक र कमोडिटी मार्केट लाइसेन्स वितरण टुंगोमा पुर्याउने लक्ष्यका साथ प्रक्रिया अघि बढेको छ । कम्पनीहरुले प्रस्तुत गरेको विस्तृत विवरणकै आधारमा मुल्याकन गरिने बोर्डले जनाएको छ । कम्पनीको चुक्तापुँजी, कम्पनीको व्यवसायीक कार्य योजना, सञ्चालकको योग्यता तथा अनुभव, प्रस्तावित प्रविधिको गुणस्तरको आधारमा मुल्यांकन गरिने छ । सोही मापदण्डहरुको आधारमा आवेदन दिएको कम्पनीलाई अंक दिइनेछ । यसमा १०० नम्बरको पुर्णांक छ । यसमा कार्ययोजनामा ६० अंक, प्रविधिको गुणस्तरमा २४ अंक, सञ्चालकको योग्यतमा ८ अंक र पुँजीमा ४ अंकको भार छ । यसमा मुल्यांकन समितिले कार्यायोजना बाहेक अन्य मापदण्डमा मुल्यांकन गर्नुपर्ने बताइएको छ ।

यी यस्ता मादपण्डको आधारमा मुल्यांकन गरेर बोर्डले एक स्टक एक्सचेन्ज र दुई कमोडिटीज एक्सचेन्जलाई सैद्धान्तिक स्वीकृत दिनेछ । त्यसपछि स्वीकृति प्राप्त कम्पनीले ६ महिनाभित्र आवश्यक पुर्वाधार तयार गर्ने लगायतका काम गर्नुपर्ने हुन्छ, त्यसपछि बोर्डले कारोबारको अन्तिम स्वीकृती दिनेछ ।

नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज कम्पनी छन् । यस्तै, कमोडेटी एक्सचेन्जमा मल्टी डेरिभेटीभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेट डेरीभेटीभ एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडेटी डेरीभेटीभ एक्सचेन्ज लिमिटेड र नेपाल मल्टी डेरिभेटीभ स्टक एक्चेन्ज लिमिटेड रहेका छन् ।

हाल नेपालमा स्टक एक्सचेन्जको रुपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालनमा छन्, जुनमा सरकारी स्वामित्व छ । अब निजी क्षेत्रबाट अर्काे एक स्टक एक्सचेन्ज स्थापना गर्ने बोर्डको योजना छ । त्यसको लागि न्यूनतम ३ अर्ब रुपैयाँ चुुक्तापुँजी तोकिएको छ । त्यसमा ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न सकिने छ ।

कमोडेटी एक्सचेन्ज भने नेपालमा कानुनी रुपमा अहिलेसम्म सञ्चालनमा आएको छैन । बोर्डले यसअघि पनि २ पटक कमोडेटी एक्सचेन्जको लाइसेन्स दिने गरि प्रस्ताव आह्वान गरेको थियो । तेस्रो पटक आह्वान गरिएको प्रस्ताव पनि सर्वाेच्चमा रिट पर्दा अन्योलमा परेको थियो । तर, अब भने यो सफल हुने अपेक्षा गरिएको छ । तत्काललाई दुई वटा कमोडेटी एक्सचेन्जलाइ लाइसेन्स दिने बोर्डको योजना छ । बोर्डकाअनुसार कमोडेटी एक्सचेन्ज कम्पनीको चुक्तापुँजी डेढ अर्ब रुपैयाँ र दुई अर्ब रुपैयाँ हुनुपर्नेछ, त्यसमा ३० प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न सकिने छ ।

1150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?