जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल क्लिरिङ हाउस र स्मार्टच्वाइसबीच क्युआर भुक्तानी सम्झौता, छुट्टै क्युआर नचाहिने

नेपाल क्लिरिङ हाउस र स्मार्टच्वाइसबीच क्युआर भुक्तानी सम्झौता, छुट्टै क्युआर नचाहिने
नेपाल क्लिरिङ हाउस लिमिटेड (एनसीएचएल) र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच नेसनल पेमेन्ट स्वीच मार्फत क्युआर भुक्तानीको लागि सम्झौता भएको छ।सम्झौतापत्रमा एससीटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु र एनसीएचएल प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले  हस्ताक्षर गरेका छन्।

अब एनसीएचएल र एससीटीको क्युआर मार्फत भुक्तानी गर्न छुटै क्युआर नचाहिने भएको छ। यसले ग्राहकहरुलाई दुबै नेटवर्क भित्रका क्युआर सम्बन्धी भुक्तानी गर्न सहज हुनेछ। बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि छुट्टै मर्चेन्ट आबद्ध गराउन आवश्यक हुने छैन।

सम्झौताले स्मार्ट क्युआर उपलब्ध रहेका मोबाइल बैकिङ वा वालेटका ग्राहकहरुले नेपाल पे क्युआरका मर्चेन्टहरुलाई क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। यसैगरी नेपाल पे क्युआर उपलब्ध रहेका मोबाइल बैकिङ वा वालेटका ग्राहकहरुले पनि स्मार्ट क्युआरका मर्चेन्टहरुलाई क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।

4295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका