जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • मर्जरमा जाने बैंकलाई कर्जा निक्षेप अनुपात मिलाउन २ वर्षको समय

मर्जरमा जाने बैंकलाई कर्जा निक्षेप अनुपात मिलाउन २ वर्षको समय

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ पाँचौँ पटक संसोधन भएको छ। राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति अनुसार विनियमावली संशोधन गरेको हो।

संशोधन विनियमावलीमा गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनका लागि सेयर कारोबारको रोक्का तथा फुकुवा नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था बमोजिम हुने व्यवस्था गरेको छ।

त्यस्तै गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिसन) का कारण संस्थाको कर्जा निक्षेप अनुपात तोकिएको सीमाभन्दा माथि गएमा राष्ट्र बैङ्कको निर्देशन बमोजिम हुने गरी गाभिएको वा प्राप्ति (एक्विजिसन) कार्य सम्पन्न भएको बढीमा दुई वर्षभित्र तोकिएको सीमाभित्र ल्याउने व्यवस्था गरेको छ।

4330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका