जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो

वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो

वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ । चैत्र महिनाको तीन हप्ताको अवधिमा वाणिज्य बैंकहरुले तीन अर्ब निक्षेप संकलन गर्दा ७ अर्ब कर्जा प्रवाह गरेका छन् ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चैत्र ४ गतेदेखि १८ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप तीन अर्ब रुपैयाँ बराबरले वृद्धि भएको हो । चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप चैत्र ११ गतेसम्म दुई अर्बले बढेर ४३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको थियो । त्यस्तै, उक्त निक्षेप चैत्र १८ गतेसम्म आइपुग्दा एक अर्बले बढेर ४३ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको हो ।

यस अवधिमा बैंकहरुले निक्षेप संकलन भन्दा बढी कर्जा प्रवाह गरेको देखिन्छ । तीन हप्ताको अवधिमा वाणिज्य बैंकहरुले सात अर्ब कर्जा प्रवाह गरेको हुन् । तथ्यांक अनुसार चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह बढेर चैत्र ११ गतेसम्म आइपुग्दा ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको थियो । त्यस्तै, एक सातामा कर्जा प्रवाह पाँच अर्बले बढेर ४३ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ ।

3335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका