जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक छुटका साथै उच्च ब्याज

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक छुटका साथै उच्च ब्याज

महालक्ष्मी विकास बैंकले विशेष ९महा बचत० खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत कात्तिक र मंसिर महिनामा महाबचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको वार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

हाल उपलब्ध लकर संख्या सिमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत खोलिने महाबचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) ब्याजदर, नि:शुल्क एटिएम कार्ड तथा मोबाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेका छन् ।

बैंकका दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड ९कास्कीं० शाखा कार्यालयहरुमा लकरको सुविधा रहेको छ ।

4425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?