जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • लगानी भित्र्याउन तयार छौँ–मुख्यमन्त्री गुरुङ   

लगानी भित्र्याउन तयार छौँ–मुख्यमन्त्री गुरुङ   

चिप्लेढुङ्गा, ६ माघ (रासस) ः
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा प्रवासी लगानी भित्र्याउन तयार रहेको बताउनुभएको छ । गण्डकी प्रदेशमा लगानी प्रवद्र्धन गर्ने सम्बन्धमा गण्डकी प्रदेश सरकार र गैरआवासीय नेपाली सङ्घबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको गरेका अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा गैरआवासीय नेपालीले लगानी गर्न चाहेमा वातावरण तयार गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि लगानीको सम्भाव्यता अध्ययन गरेर लगानी गर्न सकिने बताउनुभयो । जनशक्तिको योजाबद्ध विकास गरेर पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी आवश्यक रहेको आँैल्याउनुभयो । उहाँले भन्नुभयो, “हामी विकासप्रति प्रतिबद्ध छौँ, विकासलाई कसरी अगाडि लैजाने भन्ने वैज्ञानिक सोच पनि छ तर विधि प्रक्रियाबाट अघि बढ्दा ढिला भएको छ । आउनुस् सहकार्य गराँै र विकासका लागि अघि बढौँ ।” गैरआवासीय नेपालीले देशको विकास र सामाजिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ गैरआवासीय नेपाली सङ्घले गण्डकी प्रदेशमा लगानीका अवसरका लागि देखाएको चासोप्रति खुशी व्यक्त गर्दै दीर्घकालीन विकासका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले गण्डकी प्रदेशका योजना र निजी क्षेत्रलाई लगानीका अवसरका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो । गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले भौतिक शरीर जहाँ भए पनि मुलुकको समृद्धि गैरआवसीय नेपालीको एकमात्र चाहना रहेको बताउनुभयो । नेपालमा गैरआवासीय नेपाली सङ्घले पु¥याएको योगदानको समीक्षात्मक प्रस्तुति राख्दै उहाँले आर्थिक विकासबाट मात्र मुलुक समृद्धि हासिल हुने भएकाले मुलुकको आर्थिक विकासका लागि सङ्घ सधैँ तयार रहेको बताउनुभयो ।

उहाँले जलविद्युत्, पर्यटन, कृषि, साहसिक खेल, शिक्षा, स्वस्थ्य, होटललगायतका क्षेत्रमा लगानी गरेको बताउनुभयो । एनआरएन सदस्यको पूँजी, ज्ञान र सीपलाई नेपालमा लगानी गर्न तयार रहेको भन्दै प्रवासमा रहेर पनि नेपाली पहिचानको रक्षा गरेको उहाँको भनाइ थियो ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले नेपालमा जन्मेका नागरिकले नेपालमा लगानी गरेनन् भने विदेशी आएर नगर्ने भन्दै आफूहरु लगानीका लागि तयार रहेको बताउनुभयो । कुन क्षेत्रमा कस्तो लगानी गर्न सकिन्छ त्यसको सम्भाव्यता अध्ययन गरेर सामूहिक लगानी भित्र्याउन आफूहरु तयार रहेको उहाँको भनाइ थियो । उहाँले प्राथमिकताका आधारमा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर लगानी भित्र्याउने बताउनुभयो । अध्यक्ष पन्तले रु ५० करोडको लाप्राक बस्ती निर्माणको परियोजना अन्तिम चरणमा रहेकोसमेत जानकारी दिनुभयो ।

कार्यक्रममा सङ्घका उपाध्यक्ष मन केसी (अष्टे«लिया), टेकराज ज्ञवाली (रशिया), महिला उपाध्यक्ष रविना थापा, सोनम लामा, श्रीराम कँडेल, पासाङ लामालगायतले नेपालमा लगानीसँगै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न तयार रहेको बताउनुभयो । काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, नेकपा सचेतक मायानाथ अधिकारी, प्रतिपक्ष दलका नेता मणिभद्र शर्मा कँडेललगायतले विदेशमा रहेर नेपालप्रतिको चिन्तन सकारात्मक रहेको भन्दै भूगोल र वातावरण सुहाउँदो विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

–––

13610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?