जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • आक्रामक व्यवसाय विस्तारले निफ्राको नाफामा छलाङ, उक्लियो प्रति सेयर आम्दानी

आक्रामक व्यवसाय विस्तारले निफ्राको नाफामा छलाङ, उक्लियो प्रति सेयर आम्दानी

व्यवसायलाई आक्रामक रुपमा अगाडि बढाएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा गत आर्थिक वर्षको तुलनामा साढे ५६ प्रतिशत बढेको छ। नाफालाई अहिले बढेको ब्याजले ठूलो भरथेग गरेको छ।

बैंकले निष्क्रिय रहेको पुँजी जति निक्षेपका रूपमा अन्य बैंकमा राखेका कारण आम्दानीमा सुधार भएको हो। अहिले संस्थागत निक्षेपकर्ताले १०.१३३ प्रतिशतसम्म ब्याज पाउँछन्।

निफ्राले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। पोहोर असोजमा बैंकको नाफा २४ करोड २० लाख रुपैयाँमा सीमित थियो।

बैंकको वितरणयोग्य नाफा पनि ५६ प्रतिशत बढेर झन्डै ३० करोड रुपैयाँ पुगेको छ। सो अवधिमा बैंकको कर्जा विस्तार आक्रामक रह्यो। बैंकले हाल १७ अर्ब ऋण दिएको छ। जुन पोहोर असोजमा ४ अर्ब ९२ करोड रुपैयाँ मात्र थियो।

बैंकले कर्जाबापत ६५ करोड ब्याज आम्दानी गरेको छ। अघिल्लो आवको सम्बन्धित त्रैमासको तुलनामा यो पनि साढे ५८ प्रतिशत बढेको छ।

नाफाले लिएको फराकिलो छलाङसँगै बैंकको प्रति सेयर आम्दानी पनि सामान्य बढेको छ। ४.८४ रुपैयाँबाट बढेर ७ रुपैयाँ पुगेको हो। प्रति सेयर नेटवर्थमा भने केही कमी देखिन्छ। ३.४४ रुपैयाँले प्रति सेयर नेटवर्थ घटेको छ।

2260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?