जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • २० प्रतिशत कर्मचारी राखेर बीमा कम्पनीहरुले शाखा कार्यलाय खोल्न पाउने

२० प्रतिशत कर्मचारी राखेर बीमा कम्पनीहरुले शाखा कार्यलाय खोल्न पाउने

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा केहि खुकुलो पार्ने निर्णय भए सँगै बीमा कम्पनीहरुलाई २० प्रतिशत मात्रै कर्मचारी राख्ने गरि सञ्चालन गर्न दिइने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

हाल बीमा कम्पनीहरुको केन्द्रिय कार्यालय मात्रै सञ्चालन हुँदै आएको छ । बीमा समितिले केन्द्रिय कार्यालय सञ्चालनका लागि ५ वटा सवारी पास प्रदान गरिरहेको छ । उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीको निर्णय पछि अव बीमा कम्पनीहरुले २० प्रतिशत कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न पाउने निर्णय गरे सँगै केन्द्रिय सहित शाखा कार्यालय पनि खोल्न दिने पौडेलले जानकारी दिए ।

गत जेठ १९ गतेको आदेशमा बीमा कम्पनीहरुले केन्द्रिय कार्यालय मात्रै खोल्न पाउने व्यवस्था थियो । अहिले भने बीमा समिति तथा बीमा कम्पनी र धितो पत्र बोर्डले आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र प्रयोग गरी कार्य संचालन गर्ने भनिएको छ । यस व्यवस्थाले अवदेखि बीमा कम्पनीहरुले हरेक दिन २० प्रतिशत मात्रै कर्मचारी प्रयोग गरेर कार्यलाय सञ्चालन गर्न पाउने छन् ।

6870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका