जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आइएमई पे एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा आबद्ध

आइएमई पे एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा आबद्ध

आइएमई पेले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सम्झौता गर्दै नेसनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ। सम्झौतासँगै अब आइएमई पेका प्रयोगकर्ताहरुले एनसीएचएलको नेपाल पे क्यूआर, नेपाल पे इन्स्ट्यान्ट, नेपाल पे रिक्‍वेस्ट (टोकनाइजेसन र बिलर गेटवेसहित) जस्ता सेवा पाउने बताइएको छ।

सम्झौतामा आइएमई पेका सीइओ प्रविन रेग्मी र एनसीएचएलका सीइओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

अब आइएमई पेका प्रयोगकर्ताहरुले नेसनल पेमेन्ट स्वीचअन्तर्गत एकाउन्ट टोकनाइजेसनको फिचर प्रयोग गर्न पाउने एनसीएचएलले जनाएको छ। यसबाट आइएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन्।

सँगै एनसीएचएलको बिलर गेटवे पनि चल्ने भएपछि रिटेल पेमेन्ट स्वीचमा रहेका सेवामा पनि आइएमई पे प्रयोगकर्ताको पहुँच स्थापित भएको बताइएको छ।

यसका साथै अब आइएमई पेमा नेपाल पे क्यूआरबाट पनि भुक्तानी गर्न मिल्नेछ।

1475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका