जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विष्णु पौडेलको प्रतिबद्धतापत्र: ड्रिम प्रोजेक्ट अघि बढाउनेदेखि भूमिगत पार्किङसम्म

विष्णु पौडेलको प्रतिबद्धतापत्र: ड्रिम प्रोजेक्ट अघि बढाउनेदेखि भूमिगत पार्किङसम्म

रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा (एमाले)ले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। आइतबार बुटवलमा प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु पौडेल, प्रदेशसभा सदस्य उम्मेदवार लिला गिरी र भोजप्रसाद श्रेष्ठलगायत नेताहरुले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष पौडेलले यसअघि पनि आफ्नो ‘ड्रिम प्रोजेक्ट’को रूपमा राखेको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने बताएका छन्। पौडेलले प्रतिवद्धतामा सार्वजनिक गरिएको कुराहरु पूर्ण कार्यान्वयन गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

जिल्लामा संचालित निर्माणधीन योजनाहरुलाई पूरा गर्ने र सम्पन्न परियोजनाको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता पत्रमा समावेश गरिएको छ। लेखिएको छ, ‘सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्तावअनुसार निर्माण कार्य अघि बढाइनेछ।’

घोषणापत्र १४ वटा क्षेत्रलाई समेटेर २५ पृष्ठको रहेको छ। जसमा कालीगणडकी–तिनाउ डाइभर्सन, तिनाउ–दानव नदी कोरिडोर, गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा ट्रमिनल भवन निर्माण, बुटवलमन मेडिकल कलेज स्थापना लगायतका योजनाहरुलाई समेटिएको छ। पौडेलले तिनाउ–दानव करिडोर क्षेत्रमा पर्ने बासिन्दाहरुलाई व्यवस्थित र सुविधा सम्पन्न क्षेत्रमा स्थान्नतरण गरेर मात्रै योजना अघि बढाइने बताएका छन्।

यस्तै, बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरि कार्यान्वयन गरिने जनाइएको छ।

पौडेलको प्रतिवद्धतापत्रमा तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका ऐतिहासिक एवम् पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ। यस्तै, बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका शहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक संजालबाट जोडिने र सुविधायुक्त सार्वजनिक यातायात संचालन गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा संचालन गरिने जनाउँदै पौडेलले भने, ‘यस आयोजनाको दोस्रो चरणअन्तर्गत अत्याधुनिक अन्तर्राष्ट्रिय टर्मिनल भवन, समानान्तर ट्याक्सी वे लगायतका पूर्वाधार निर्माण गरिने छ। विमानस्थलबाट संसारका विभिन्न मुलुकहरूमा सुविधाजनक हवाई यात्रा र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था मिलाइने छ।’

यसअघिको निर्वाचनमा पौडेल पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले यसपटक फेरि मत माग्दै पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक ६ लेन सडकमा स्तरोन्नति गरिने जनाएका छन्। यस्तै, सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशिघ्र सम्पन्न गरिने जनाइएको छ। सो पत्रमा भनिएको छ, ‘सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र र पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा सुरुङ मार्ग निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल स्थित तिनाउ नदीमा आकर्षक एवम् आधुनिक डिजाइनको सिग्नेचर पुल निर्माण गरिने छ।’

यस्तै निजी क्षेत्रको लगानीमा केबुलकार सेवा संचालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीय स्थलमा विकास गरिने उल्लेख गरिएको छ। यसैगरि पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक सहरमा पुनरुत्थान तथा विकसित गरिने र जितगढी र नुवाकोट गढीको उत्खनन, संरक्षण र विकास गरी आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने जनाइएको छ।

बुटवलको अमरपथ, पुल्चोक, गोलपार्क, ट्राफिक चोकलगायत चिडियाखोलादेखि पुष्पलाल पार्कसम्मको क्षेत्रलाई भूमिगत पार्किङ, व्यवस्थित ढल निकास, उच्च गुणस्तरका हरियाली सडक तथा पेटी, विद्युत र टेलिफोनको भूमिगत प्रसारण र बहुतले व्यापारिक भवनसहितको सफा र आधुनिक सहरमा विकास गरिने लगायतका योजना उल्लेख छन्।

2290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका