जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • भ्रष्टाचार आरोपमा नायब सुब्बा उपाध्यायविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपमा नायब सुब्बा उपाध्यायविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा एक जना नायब सुब्बाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बझाङको सुर्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय बझाङका तत्कालीन नायव सुब्बा शिवराज उपाध्यायविरुद्ध मुद्दा दायर गरिएको हो ।

उपाध्यायविरुद्ध एक करोड १० लाख ६७ हजार ७३८ रुपैयाँ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ । उपाध्याय विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो ।

हाल निलम्बित उपाध्यायले उक्त कार्यालयमा कार्यरत रहँदा गैरकानूनी स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी आयोगमा परेको थियो । सोहि उजुरीको आधारमा अनुसन्धान हुँदा उनी सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५५।०५।२५ देखी मिति २०७८।१२।३० सम्मको जाँच अवधिको समग्र आय (आम्दानी) ब्यय (खर्च तथा लगानी) को बिश्लेषण गरिएको थियो । जसमा उपाध्यायले सार्वजनिक सेवामा रही आर्जित पारिश्रमिक बचत,  निजको छोराको पारिश्रमीक वचत, जग्गा बिक्रीबाट प्राप्त, कर्जा आय, बिमा परिपक्व भै प्राप्त रकम र कृषि आयसमेत गरी जम्मा ४८ लाख ९११ रुपैयाँ आय आर्जन गरेको पाइएको छ ।

उक्त जाँच अवधिमा उनको ब्यय (खर्च तथा लगानी) तर्फ हेर्दा जग्गा खरिदमा, घर निर्माण, अध्ययन खर्च, कर्जाको साँवाब्याज भुक्तानी, बिमाको प्रिमियम भुक्तानी, विद्युतीय उपकरण खरिद, सुन खरिद सवारी साधन खरिद, र बैंक मौज्दातसमेत गरी जम्मा एक करोड ५७ लाख ५ हजार १३४ रूपैंया पच्चीस पैसा) खर्च तथा लगानी गरेको देखिएको थियो । यससहित उनले समग्रमा एक करोड ९ लाख ४ हजार २२२ रुपैयाँ मात्र आयभन्दा बढी खर्च तथा लगानी गरेको देखिएको थियो ।

सार्वजनिक सेवा प्रवेश गरेको अवधिमा आयव्यय विवरणमा विभिन्न मितिमा कुल जम्मा रकम एक करोड १० लाख ६७ हजार रुपैयाँ बराबरको स्रोत नपुगेको देखिएको आयोगको भनाई छ । उक्त रुपैयाँ बराबरको बिगो कायम गरि कैद सजाय हुन मागदावी लिई मुद्दा दायर गरिएको छ ।

त्यस्तै, उपाध्यायले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती जयादेवी उपाध्यायको नाममा जग्गा खरिद गरेको समेत पाइएको छ ।

1695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका