जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफका कर्मचारीको तलब भत्ता १६ प्रतिशतले बढ्यो

प्रभु महालक्ष्मी लाइफका कर्मचारीको तलब भत्ता १६ प्रतिशतले बढ्यो

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको तलब तथा भत्ता वापतको खर्च १६.४४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९।०८० मा कम्पनीले कर्मचारीलाई दिने तलब तथा भत्ता वापतको खर्च १६.४४ प्रतिशतले बढेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९।०८० मा २५ करोड ३४ लाख ३७ हजार ६९९ रुपैयाँ तलब तथा भत्ता वापत खर्च गरेको छ । आव २०७८।०७९ मा यस्तो खर्च २१ करोड ७६ लाख ५३ हजार ७९९ रुपैयाँ थियो ।

आव २०७९।०८० मा कम्पनीले तलब वापत १० करोड १३ लाख ६९ हजार ८५० रुपैयाँ खर्च गरेको छ । २०७८।०७९ मा तलब वापत ९ करोड ३६ लाख ३३ हजार रुपैयाँ खर्च गरेको थियो । यसैगरी, आव २०७९।०८० मा भत्ता वापत ४ करोड ३२ लाख ६० लाख ७४६ रुपैयाँ, चाडपर्व भत्ता वापत १ करोड २२ लाख, उपदान वापत ८२ लाख ७२ हजार, सामाजिक सूरक्षा कोष वापत ९६ लाख, लिभ इन्क्यासमेन्ट वापत १ करोड ५० लाख रुपैयाँ कम्पनीले खर्च गरेको छ ।

यसैगरी, मेडिकल खर्च वापत ७२ लाख २१ हजार, बीमा वापत ३ लाख ७० हजार, प्रदर्शन बोनस वापत २५ लाख ८२ हजार, फोर्स लिभ वापत ७३ लाख ६९ हजार, इन्धन र कमुनिकेसन वापत ८४ लाख ५७ हजार, रिफ्रेसमेन्टका लागि २९ लाख ९१ हजार, कर्मचारी बोनस बापत २ करोड ८२ लाख ८८ हजार र अन्य कर्मचारी खर्च वापत १६ हजार रुपैयाँ कम्पनीले खर्च गरेको छ ।

2685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?