नेपालका १९ निजीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो विवरणमा १० अर्ब ८४ करोड पैसाको बीमा शुल्क आर्जन गरेका भेटिएको छ भन्दा अब फरक पर्दैन । सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनी बीमा शुल्क आर्जनमा पहिलो भएको भेटिएको छ । दोस्रोमा सधैं चर्चामा आईरहने दक्ष र अनुभवी सीइओ दिप प्रकाश पाण्डे नेतृत्वमा रहेको शिखर इन्स्योरेन्स कम्पनी रहेको भेटिएको छ । तेस्रोमा बीमक संघका अध्यक्ष समेत रहेका अनुभवी सीइओ चंकी क्षेत्रीको नेतृत्वमा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको देखिन्छ । चौथोमा सधैं नाफामा छलाङ्ग मार्दै आएको कृषि बीमा लाई प्राथमिकताका साथ काम गर्दै आएको अनुभवी एवं दक्ष सीइओ अशोक कुमार खड्का रहेको नेको इन्स्योरेन्स रहेको देखिन्छ ।
हालै नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणमा १९ निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब भन्दा बढीको कुल बीमा शुल्क आर्जन गरेको उल्लेख गरेको छ । यो रकम आर्थिक वर्ष २०७७÷ ७८ को भन्दा ११. ८५ प्रतिशतले बढी हो। सो अवधिमा कम्पनीहरुले ९ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्कु आर्जन गरेका थिए । भन्दा फरक पर्दैन । चालु आर्थिक वर्षको ३ महिनामा निर्जीव बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन राष्ट्रिय बीमा कम्पनीले गरेको छ । कम्पनीले एक अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा मात्र कम्पनीले ५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क कमाएको देखिन्छ भन्दा फरक पर्दैन ।
दोस्रो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । कम्पनीले असोज महिनामामात्र ३४ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । तेस्रोमा सगरमाथा इन्स्योरेन्सले ८५ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा मात्र कम्पनीको बीमा शुल्क २६ करोड ४७ लाख रुपैयाँ संकलन भएको देखिन्छ । चौथोमा नेको इन्स्योरेन्स कम्पनीले सोही अवधिमा ८२ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा कम्पनीको बीमा शुल्क २८ करोड ८६ लाख रुपैयाँ थियो । त्यस्तै सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको त्रैमासमा ७६ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ ।असोज महिनामा कम्पनीको बीमा शुल्क २२ करोड रुपैयाँभन्दा बढी छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्ससले ७३ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । एनएलजी इन्स्योरेन्सले ६१ करोड ८ लाख रुपैयाँ बीमा शुल्कबाट संकलन गरेको छ । प्रिमियर इन्स्योरेन्सको प्रथम त्रैमासमा ५६ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क छ । यसैगरी लुम्बिनी इन्स्योरन्सको ५० करोड २४ लाख, अजोड इन्स्योरेन्सको ४६ करोड ८ लाख तथा आईएमईको ४४ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन देखिएको छ। नेपाल इन्स्योरेन्सको ४२ करोड ७६ लाख, प्रभु इन्स्योरेन्स ४१ करोड २९ लाख रुपैयाँ र दि ओरियन्टल इन्स्योरेन्टलले ३९ करोड ६४ लाख बीमा शुल्क आर्जन गरेका छन्। यस्तै प्रुडेन्सियल इन्स्योरेन्स ३५ करोड १८ लाख, नेशनल इन्स्योरेन्स ३२ करोड ८३ लाख, युनाइटेड ३२ करोड ३१ लाख र सानिमा जनरल इन्स्योरेन्सले २८करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिएको छ। यसमध्ये सबैभन्दा कम बीमा शुल्क जनरल इन्स्योरेन्सको छ । कम्पनीले २५ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । भन्दा फरक पर्दैन । सचेत भया ।