जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बिग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने

बिग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने

स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरि हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ ।

यस छुट आफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १ सय ५० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

4195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका