जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल एसबीआइ बैंकका सीइओलाई आवास सुविधालगायत खर्चबापत एक करोड ३२ लाख भुक्तानी

नेपाल एसबीआइ बैंकका सीइओलाई आवास सुविधालगायत खर्चबापत एक करोड ३२ लाख भुक्तानी

नेपाल एसबीआइ बैंकले प्रबन्ध सञ्चालक (प्रमुख कार्यकारीको भूमिकामा) लाई एक वर्षमा एक करोड ३२ लाख ९२ हजार ९६१ रुपैयाँ खर्च गरेको छ।

स्टेट बैंक अफ इण्डिया (एसबीआइ) मुख्य सेयरधनी रहेको बैंकको प्रमुख कार्यकारी भारतबाटै नियुक्त भएका हुन्। नेपाल एसबिआइमा भारतको एसबीआइको ५५ प्रतिशत सेयर लगानी छ।

प्रबन्ध सञ्चालकले पाएको एक करोड ३२ लाख रुपैयाँ तलब भने होइन। उनलाई आवास सुविधाका लागि भुक्तानी गरिएको भाडा र अनुमति प्राप्त भत्ता तथा खर्च रकम हो। प्रबन्ध सञ्चालक र अन्य भारतबाट आउने पदाधिकारीलाई एसबीआइ भारतले नै तलब दिन्छ।

बैंकले गत २० गते गरेको साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार, बैंकले सहायक महाप्रबन्धक तहका पदाधिकार तथा कम्पनी सचिवलाई पारिश्रमिक भत्ता तथा सुविधाबापत २ करोड ७० लाख रुपैयाँ भुक्तानी गरेको छ। बैंकको कुल कर्चमारी खर्च एक अर्ब ५६ करोड रुपैयाँ छ।

सभाले गत वर्षको नाफाबाट साढे ३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरिसकेको छ। सभाले १.८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। सभाले मर्जर तथा प्राप्तिको एजेण्डा पनि पारित गरेको छ।

6445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?