जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • भ्रष्टाचार आरोपमा आठ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपमा आठ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले भ्रष्टाचारको आरोपमा उनीहरुविरुद्ध बिहिबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन अध्यक्ष हिरा केवट (रावल), प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, व्यावसायिक माछा ब्लक संचालक समितिका तत्कालीन अध्यक्षसमेत ७ जनाले गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आयोगले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ओमसतिया गाउँपालिकामा मत्स्य व्लक संचालक समितिको कार्यक्रम अनुदानमध्ये व्यवस्था भएको रकमबाट २० लाख ७५ हजार रुपैयाँ भुक्तानी लिई नेपाल सरकारलाई गैरकानूनी हानी गरेको उनीहरु विरुद्ध आरोप रहेको छ ।

त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होम नाथ खतिवडाले मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिएका थिए । उनले सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुसवापतको रकम लिइसकेको अवस्थामा आयोगले उनलाई खानतलासी गर्दा स्रोत नखुलेको तीन लाख १८ हजार ६ सय रुपैयाँसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको थियो ।

आयोगको अनुसन्धानको क्रममा उनले भ्रष्टाचार गरेको पुष्टि भएकोले उनलाई बिगो दुई लाख ६६ हजार रुपैयाँ कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

4035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका