जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा ग्रुप अफ कम्पनीका सेयरधनी खनाल पक्राउ

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा ग्रुप अफ कम्पनीका सेयरधनी खनाल पक्राउ

 पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले तनहुँ भानु नगरपालिका-८ घर भएका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो।

उनी नेचर हर्ब्स इन्टरनेसनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका सेयरधनी हुन्। उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको सीआइबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए।

उनलाई पक्राउपछि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ। कास्की प्रहरीले सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा पूरक अनुसन्धान गरिरहेको छ।

त्यही क्रममा सीआइबीले एक साताअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र असोज ६ गते गोर्खा मिडियाका सञ्चालक पूर्वडीआइजी छविलाल जोशी पक्राउ गरेको थियो।

बिहीबार दुवैजनाविरुद्ध थप ७ दिन हिरासत राख्ने अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

2595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका