जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सूर्या लाइफले २ वर्षदेखि बीमाशुल्क नतिरेका बीमालेखको प्रिमियमा ३५% छूट दिने, असार ३२ सम्म म्याद

सूर्या लाइफले २ वर्षदेखि बीमाशुल्क नतिरेका बीमालेखको प्रिमियमा ३५% छूट दिने, असार ३२ सम्म म्याद

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा छुट दिने भएको छ। समयमा बीमाशुल्क भुक्तानी गर्न नसकेका जीवन बीमालेखको शुल्क तिर्दा ग्राहकलाई ३५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ।

कम्पनीबाट ग्राहकले लिएका बीमालेखको बीमाशुल्क ग्राहकले विभिन्न कारणले तोकिएको समयमा बुझाउन नसक्दा यसरी म्याद बितिसकेका बीमालेखलाई व्यतित बीमालेख भनिन्छ।

कम्पनीका अनुसार व्यतित बीमालेखमा छूट असार १६ देखि ३२ गतेसम्म लागु हुनेछ। यस अवधिमा अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले दुई वर्ष नाघिसकेको बीमालेखको बीमाशुल्कमा ३५ प्रतिशत छुट हुने कम्पनीले जनाएको छ।

ब्यतित जीवन बीमालेखले जोखिम वहन नगर्ने हुँदा समयमै बीमालेखको बीमाशुल्क भुक्तानी गरी ब्याज छुटको लाभ लिन आग्रह गर्दै कम्पनीले सूचना जारी गरेको छ।

कम्पनीले व्यतित बीमालेखको नविकरण गर्दा ग्राहकले अनलाइन तथा इसेवा, फोन पे, कनेक्ट आइपीएस, खल्ती, सेल पे, आइमएमई पे र प्रभु पे लगायतका डिजिटल प्लाटफर्ममार्फत पनि भुक्तानी गर्ने सक्ने कम्पनीले जनाएको छ।

5485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका