जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकले फोनपेसँगको सहकार्यमा सुरु गर्यो ‘फोनट्याग’ नामक अफलाइन डिजिटल पेमेन्ट सेवा

एभरेष्ट बैंकले फोनपेसँगको सहकार्यमा सुरु गर्यो ‘फोनट्याग’ नामक अफलाइन डिजिटल पेमेन्ट सेवा

पञ्जाब नेसनल बैंक भारतसँगको संयुक्त साझेदार एभरेष्ट बैंकले नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेसँग सहकार्य गरी  नेपाली बजारमा पहिलोपटक अफलाइन डिजिटल पेमेन्ट ‘फोनट्याग’ ल्याएको छ। फोनट्याग एक अफलाइन भुक्तानी समाधान हो। जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकलाई मोबाइल बैंकिङ एपबाट ‘एनएफसी ट्याग’ वा ‘सीपीक्यूआर’ कोड (ग्राहकले प्रस्तुत गर्ने क्यूआर कोड) प्रस्तुत गरेर भुक्तानी गर्न सक्षम बनाउँछ।

अफलाइन कारोबारको सीमा रु. ५ हजार प्रतिकारोबार रहेको छ। यो सेवा एभरेष्ट बैंकका सबै ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत प्रयोग गर्न सक्छन्। हाल यो सेवा एनएफसीसक्षम एन्ड्रोइड स्मार्ट फोनमा उपलब्ध छ। एनएफसी नभएका मोबाइल फोनमा ग्राहकले सीपीक्यूआर कोड (ग्राहकले प्रस्तुत गर्ने क्यूआर कोड) प्रयोग गर्न सक्छन्।

एभरेष्ट बैंक अफलाइन मोडमा डिजिटल भुक्तानी समाधान सुरु गर्ने पहिलो बैंक हो। यस सेवाले कमजोर नेटवर्क जडान भएका स–साना सहर र ग्रामीण क्षेत्रमा डिजिटल भुक्तानीलाई बढावा दिन सक्छ। साथै, यस सेवाले विभिन्न सहरी केन्द्रहरुमा ठूला सार्वजनिक कार्यक्रम, मेला र प्रदर्शनीमा डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकलाई पनि भुक्तानी गर्न मद्दत गर्छ।

यस पहलप्रति खुशी व्यक्त गर्दै एभरेष्ट बैंकका उपमहाप्रबन्धक आशुतोष शर्माले भने, ‘यस सेवामार्फत एभरेष्ट बैंकले ग्राहकको सुविधामा नयाँ गतिशीलता थपेको छ र डिजिटल भुक्तानीको प्रमुख समस्यालाई सम्बोधन गर्न अतिआवश्यक ग्राहक केन्द्रित दृष्टिकोण अपनाएको छ। हाम्रो बैंकिङ प्रणालिमा वानट्यागको एकीकरणले हाम्रा ग्राहकलाई सुरक्षित र सुविधाजनक डिजिटल भुक्तानीको अनुभव अँगाल्न सशक्त बनाउँछ। जसले प्राविधिक विकासमा सदैव अगाडि रहन  एभरेष्ट बैंकको समर्पणलाई जोड दिन्छ। हामी फोनपेसँग यो यात्रा सुरु गर्न, नेपालमा बैंकिङको सेवाहरुलाई सहज बनाउन र सुरक्षित कारोबारको नयाँ युग ल्याउन पाउँदा धेरै उत्साहित छौँ।’

यस सहकार्यमा उत्तिकै खुसी भएका फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवासकुमार सापकोटाले भने, ‘फोनपे आफ्नो अफलाइन डिजिटल पेमेन्ट, फोनट्याग सुचारु गर्न पाउँदा गर्व गर्दछ। नेपालमा अफलाइन पेमेन्टको परिचय दिन फोनपेसँग सहकार्य गरेको मा एभरेष्ट बैंकलाई हामी हृदयदेखि कृतज्ञता व्यक्त गर्दछौँ। यो सहयोगले साझा दृष्टिकोणको उदाहरण दिन्छ र हामी सामूहिक रुपमा नगदरहित भविष्यलाई आकार दिन तत्पर छौँ। जसले राष्ट्रभरका व्यक्ति र व्यवसायलाई फाइदा पुर्याउँछ।’

फोनट्यागको सुरुआतसँगै ग्राहकले अब विभिन्न मर्चेन्ट आउटलेटमा फोनट्यागद्वारा भुक्तानी गर्दा २०% क्यासब्याक वा रु. ५०० सम्म पाउन सक्नेछन्। ग्राहक र व्यापारीले यस सेवाको विस्तृत बुझाइका लागि एभरेष्ट बैंकमा सम्पर्क गरी सबै सान्दर्भिक जानकारी प्राप्त गर्न र यस अत्याधुनिक अफलाइन भुक्तानी सेवाको फाइदाका बारेमा बुझ्न सक्नेछन्।

950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका