जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंक र यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना ‘उद्यम नेपाल’बीच सम्झौता

प्रभु बैंक र यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना ‘उद्यम नेपाल’बीच सम्झौता

प्रभु बैंक र यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना ‘उद्यम नेपाल’बीच बुधबार व्यापार र प्रतिस्पर्धात्मकताअन्तर्गतको सहयोगसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट पार्टी प्रमुख प्रतिनिधि एग्नेस लुज र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नेपालको अर्थतन्त्रलाई कोभिड १९ को महामारीपछि सुधार गर्दै दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमका लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सिर्जनाका अवसरलाई प्रोत्साहन गर्न विशेषगरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ।

उक्त लक्ष्य हासिल गर्न यूएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा प्रभु बैंकले कर्मचारीहरुको सिप, क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरुको सञ्चालन तथा नयाँ–नयाँ विधि, प्रविधि, स्रोत तथा साधनहरुको प्रयोग गर्नेछ।

4230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?