जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • सेयर कर्जामा १२ करोडको सिमा परिमार्जन

सेयर कर्जामा १२ करोडको सिमा परिमार्जन

अन्तत: सेयर कर्जामा १२ करोडको सिमा परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको संसोधित एकिकृत निर्देशिकामा सो सिमा परिमार्जन भएको बताइएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अव व्यक्तिको हकमा १५ करोड र संस्थागतको हकमा २० करोड सेयर कर्जा पाइनेछ । यसअघि सेयरमा १२ करोड मात्र कर्जा पाइन्थ्यो ।

लामो समय देखि सेयर बजारका लगानीकर्ताले सो १२ करोडको सिमा हटाउन माग गरेका थिए । सडकदेखि संसदसम्म सेयर कर्जाको सो सिमा बढाउन वा खारेज गर्न आवाज उठिरहेको थियो । अन्तत: राष्ट्र बैंकले सो कर्जाको सिमा परिमार्जन गरेको छ ।
यता, सेयर कर्जाको सिमा परिमार्जन भएकोमा लगानीकर्ताकाहरुले मिस्रित प्रतिक्रिया दिएका छन् ।

कतिपयले यसलाई सकारात्मक भनेका छन् भने कतिले झारा टार्ने काम मात्र भएको गुनासो गरेका छन् । राष्ट्र बैंकले सेयर कर्जामा गरेको यस्तो व्यवस्थासँगै अव बैंकबाट प्रवाह हुने सेयर कर्जा बढ्ने निश्चित छ । यद्यपी सेयर बजारले राष्ट्र बैंकको परिमार्जित नीतिलाई कस्तो प्रतिक्रिया दिन्छ भन्ने तथ्य भने हेर्न बाँकी नै छ ।

925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?