एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले हाल कायाम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाखको ८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २ सय ४१ रुपैयाँ ६४ पैसा बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले बोनस शेयर प्रस्ताव गरेको छैन ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।