जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको मुख्य प्रायोजक बन्यो राष्ट्रिय वाणिज्य बैंक

नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको मुख्य प्रायोजक बन्यो राष्ट्रिय वाणिज्य बैंक

नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा साझेदारी गर्ने भएको छ।

सन् २०१९ बाट सुरु भएको यो सम्मेलनको पहिलो र दोस्रो शिखर सम्मेलनमा पनि राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा साझेदारी गरेको थियो। तेस्रो शिखर सम्मेलन भदौ ३० गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा अर्थमन्त्री, उद्योगमन्त्री, सञ्चारमन्त्री, युवा तथा खेलकुदमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योग व्यवसायीहरु डा. उपेन्द्र महतो, चन्द्रप्रसाद ढकाल, भवानी राणालगायत २० भन्दा बढी वक्ताको रुपमा रहेको बैंकले जनाएको छ।

सम्मेलनमा सहकार्यबारे मुल आयोजक कमिटिका संयोजक बिशाल गैरे र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेका छन्।

उद्यमी बन्न युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजीकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवाउद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० को निर्माण एवं कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धीमूलक हुने परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।

समझदारी कार्यक्रममा बोल्दै वाणिज्य बैंकका सीईओ श्रेष्ठले पछिल्लो वित्तीय चुनौतीको सामनाका लागि युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराउँदै स्वदेशमै स्वरोजगारको वातावरण निर्माण गर्नुपर्ने बताए। उनले वाणिज्य बैंकले युवा, महिला, कृषिलगायतका उत्पादनशील क्षेत्रमा लगानी बढाएको र प्राथमिकताका साथ ऋण प्रवाह गरेको जानकारी दिए।

1775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका