जोडिनुहोस
आइतवार, असार १२, २०७९
आइतवार, असार १२, २०७९
  • होमपेज
  • डिशहोमले ल्यायो १ वर्षमा २४ महिना योजना

डिशहोमले ल्यायो १ वर्षमा २४ महिना योजना

डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिनाको योजना ल्याएको छ ।

डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।

यस सँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्ने छन्।
हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने छ ।

१ बर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र रु १ लाख जित्ने यो योजनाको फाईदा २०७८ चैत्र २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन् ।

एक दशकदेखी स्याटालाईट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो साथै डिटिएच प्रविधि मार्फत टेलिभिजन सेवा दिईरहेको डिशहोम ले फाईवरमार्फत डिशहोम फाईवरनेट ब्राण्ड नेम मा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका