जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक साधारण सभा, बैंकमध्येकै पहिलो

माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक साधारण सभा, बैंकमध्येकै पहिलो

माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबार वार्षिक साधारण सभा गर्ने भएको छ । यससँगै चालू आर्थिक वर्ष २०७९/८० को साधारण सभाको मिति तय गर्नेमा माछापुच्छ्रे पहिलो बैंक बनेको छ ।

भदौ २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त मितिमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभामा बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्रै सेयरधनीहरुलाई वितरण हुनेछ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैंया संचित रहेको बैंकले जानकारी गराएको छ ।

हाल बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटीएम मार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।

1895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?