जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बैंक अफ काठमाण्डूको डिबेञ्चर २०८६ को सार्वजनिक

बैंक अफ काठमाण्डूको डिबेञ्चर २०८६ को सार्वजनिक

बैंक अफ काठमाण्डू लिमिटेडको “८.५% बिओके डिबेञ्चर २०८६” निष्काशन गरेको छ । बैंकले सर्वसाधारण तथा व्यक्तिगत लगानीकर्तालाई दीर्घकालीन लगानीमा उच्चतम् प्रतिफल सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने दृष्टिकोणबाट मंसिर २४ गतेदेखि निष्काशन खुल्ला गरेका २९ गते सोमबार निष्काशन बन्द गरिएको हो ।

बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा लगानीकर्ताहरुको उत्साहजनक सहभागिताले गर्दा निर्धारण गरीएको छिटो अन्तिम मितिमा नै बन्द भएको छ । बैंकद्वारा निष्काशन गरीएको ऋणपत्रमा लगानीकर्ताकोे सहभागिताले यस बैंक र लगानीकर्ताहरु बिचमा रहेको विश्वसनियतालाई पुष्टि गरेको छ । साथै, बैंकले उक्त ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो ।

यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, निष्काशन बैंकहरु तथा सम्बन्धित सबैं नियमन निकायहरुमा धन्यवाद दिएको छ ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

3620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका