जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्सको मुनाफा ६ करोड ७१ लाख

नेको इन्स्योरेन्सको मुनाफा ६ करोड ७१ लाख

नेको इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाशिक वित्तीय विवरणमा अधिकाम्स सूचकमा गिरावट देखिएको छ । कम्पनीको मुनाफा ६.६३ प्रतिशतले घटेर ६ करोड ७१ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीको मुनाफा ७ करोड १९ लाख थियो ।

त्यस्तै खुद बीमा शुल्क आर्जन पनि ८.९ प्रतिशतले घटेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन ४४ करोड ४९ लाख रुपैयाँ हुँदा कुल बीमा शुल्क आर्जन भने ८२ करोड ८४ लाख रुपैयाँ छ । कुल बीमा शुल्क आर्जनमा भने सामान्य सुधार देखिन्छ ।

खुद दाबी भुक्तानी भने ७.१७ प्रतिशतले गिरावट आएको छ । समिक्षा अवधिमा कम्पनीले १८ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले अझै एक अर्ब ८२ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीले १० हजार वटा पोलिसीको दाबी भुक्तानी गरेको छैन ।

समिक्षा अवधिमा कम्पनीले ७८ हजार वटा पोलिसी जारी गर्दा तीन महिनाको अवधिमा २१ हजार वटा पोलिसी नविकरण गरेको छ । नेकोको चुक्ता पूँजी एक अर्ब ७४ करोड रुपैया छ । जगेडा कोषमा ५१ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ छ ।

 

1350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका