जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धेरै नाफा कमाउनेको शीर्ष सूचीमा मुक्तिनाथ र गरिमा विकास, अन्य कुनले कति कमाए ?

धेरै नाफा कमाउनेको शीर्ष सूचीमा मुक्तिनाथ र गरिमा विकास, अन्य कुनले कति कमाए ?

विकास बैङ्कहरूले चार महिनामा डेढ अर्ब खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त तथ्याङ्कले यस्तो देखिएको हो । 

सञ्चालनमा रहेका राष्ट्रिय स्तरका विकास बैङ्कहरूले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ बढी खुद नाफा कमाएका हुन् । 

चालु आवको कात्तिक मसान्तसम्ममा आइपुग्दा सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैङ्कले कमाएको छ । बैङ्कले चार महिनामा ३१ करोड ६० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । 

समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेको दोस्रो सूचीमा भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क छ । बैङ्क चार महिनामा २५ करोड बढी खुद नाफा कमाएको छ । यस्तै, तेस्रो सूचीमा रहेको गरिमा विकास बैङ्कले पनि २४ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । 

यता, लुम्बिनी विकास बैङ्कले १८ करोड १० लाख, महालक्ष्मी विकासले १७ करोड १५ लाख, कामना सेवाले १७ करोड १० लाख, ज्योति विकासले ११ करोड २० लाख र साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले १० करोड २६ लाख रुपैयाँ नाफा कमाएका छन् । 

920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका