जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बिग मर्जरकै कारण फेरि फर्कियो एक दर्शक अगाडीकै अवस्थामा नेपालको बैकिङ्ग प्रणाली, ढकाल, पाँडे, राणा र भट्टचनको कब्जामा ३० प्रतिशत भन्दा बढि बैकिङ्ग प्रणालीः मर्जरको नाममा राष्ट्र बैंकले दिएको कर छुट बिरुद्ध अख्तियार र आन्तरिक राजश्व कार्यालयमा उजुरीको चाङ्गः राष्ट्र बैंक बेखबर

बिग मर्जरकै कारण फेरि फर्कियो एक दर्शक अगाडीकै अवस्थामा नेपालको बैकिङ्ग प्रणाली, ढकाल, पाँडे, राणा र भट्टचनको कब्जामा ३० प्रतिशत भन्दा बढि बैकिङ्ग प्रणालीः मर्जरको नाममा राष्ट्र बैंकले दिएको कर छुट बिरुद्ध अख्तियार र आन्तरिक राजश्व कार्यालयमा उजुरीको चाङ्गः राष्ट्र बैंक बेखबर

नेपालको बैकिङ्ग प्रणाली विगत १२ वर्ष पछाडीकै अवस्थामा पुगेको छ भन्दा अब फरक पर्दैन । विगत १२ वर्ष अगाडी कर्जा लिने घर घराना र बैंकका अध्यक्षहरुको घर पुगेर र कर्जा लिन पाउ हजुर गर्दै रोइकराई गरिएको इतिहास छ । अब बिग मर्जरले फेरि बैंकिङ्ग प्रणाली तिनै घर घरानाहरुको कब्जामा पुगेको छ भन्दा अब चाहि फरक पर्दैन । नेपालको बैकिङ्ग इतिहासमै आईएमई समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालको कब्जामा १० देखि १५ प्रतिशत बैकिङ्ग प्रणाली पुगेको छ । भन्दा फरक पर्दैन । ग्लोबल आईएमई बैंक लिमिटेडको चुक्ता पुजी ३५ अर्ब ६६ करोड पुगेको देखिन्छ । नेपालकै ठूलो बैंक बनेको मात्रै छैन । ४० लाख भन्दा बढि ग्राहक र ४ हजार भन्दा बढि कर्मचारी एक हजार भन्दा बढि शाखा रहेको अध्यक्ष चन्द्र प्रसाद ढकालले नै दाबी गरेका छन् । यसबाट प्रस्ट देखिन्छ । ढकालको आईएमई समूहको कब्जामा करिब १० देखि १५ प्रतिशत बैकिङ्ग प्रणाली पुगेको छ । नेपाल राष्ट्र बैंकले मर्जरको नाममा जे पनि गर्न छुट दिएर मस्त निन्द्रामा देखिन्छ । हेक्का होस् । गर्भनर साब ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पुँजी ३४ अर्ब १२ करोड, करिब ३० लाख ग्राहक रहेको र १० प्रतिशत बैकिङ्ग प्रणाली आफूसंग रहेको दाबी नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाँडेको दाबी छ । यसबाट प्रस्ट देखिन्छ । पाँडे समूहको कब्जामा करिब १० देखि १२ प्रतिशत बैकिङ्ग प्रणाली पुगेको छ । भन्दा अब फरक पर्दैन । प्रभु बैंक लिमिटेडको पुँजी २३ अर्ब ५२ करोड, कुल सम्पत्ती ३ खर्ब ४० अर्ब, ग्राहकहरुको संख्या ३० लाख भन्दा बढि, कर्मचारी ३५ सय भन्दा बढि र शाखा ३ सय ६५ पुगेको दाबी बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचनले दाबी गरेका छन् । यसले के देखाउने छ भने प्रभु समूहको कब्जामा ८ देखि ९ प्रतिशत बैकिङ्ग प्रणाली पुगेको देखिन्छ । भन्दा फरक पर्दैन ।

कुमारी बैंकको पुँजी २६ अर्ब २३ करोड भन्दा बढि, शाखा ३ सय भन्दा बढि, कर्मचारी २५ सय भन्दा बढि र ग्राहक संख्या २५ लाख भन्दा बढि रहेको दाबी बैंकका अध्यक्ष अमिर प्रताप शाहले दाबी गरेका छन् । यसैबाट के प्रस्ट हुन्छ भने शाह एण्ड समूहको कब्जामा नेपालको ७ देखि ८ प्रतिशत बैकिङ्ग प्रणाली पुगेको देखिन्छ । गर्भनर साब हेक्का होस् । बीग मर्जरको नाममा यी ४ पात्रको नाममा मात्रै करिब ३० देखि ४० प्रतिशत बैकिङ्ग प्रणाली कब्जामा पुगेको छ । यो नेपालकै बैकिङ्ग प्रणाली भित्र डरलाग्दो क्यान्सर रोग हो भन्दा अब फरक पर्दैन । जब नेपालमा किष्ट बैंक लिमिटेडको जन्म भयो तब मात्रै नेपालका तल्ला वर्ग र मध्यम वर्गले बैकिङ्ग पहुँच पाउन केही सहज भएको इतिहास सबैले हेर्न र पढ्न पाउने छन् । त्यस भन्दा अगाडी कर्जा लिने घर घरानाहरुकै पाउ पर्नुपर्ने, हजुर जीउ गर्नुपर्ने, यतिमात्रै नभएर कर्जाको केही प्रतिशत कमिशन नै दिनुपर्ने अबस्था थियो भन्दा अब फरक पर्दैन । हेक्का होस् ।


आज ठिक त्यही अवस्था नेपालको बैकिङ्ग प्रणालीमा आएको छ । यो ढाटेर छोपेर छोपिदैन । यो समयले प्रस्ट पार्दै जाने छ । हेक्का होस् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाण्डेका शब्द सापटी लिने हो भने अब नेपालमा ८ देखि १० वटा मात्रै वाणिज्य बैंक रहने छन् रे । यसले के सन्देश दिन्छ भने निकट भविष्यमै लक्ष्मी बैंक र सनराईज बैंक मर्जर हुने सम्झौता नै भएको छ । यस्तै ग्लोबल आईएमई बैंकले फेरि सिटिजन्स् बैंक गाभ्ने, योजना बनाएको हल्ला चलेको छ । माछापुच्छ्रे बैंक र सानिमा बैंक मर्जर हुने चर्चा बजारमा फेरि शुरु भएको छ । भनिन्छ यसरी बैंक ठूला व्यवसायी र घरघरानाको कब्जामा पुग्दै गए भने एनएमबी बैंक र एनआईसी एशिया बैंक, प्राइम कर्मशिल बैंकले पनि मर्जर गर्नुपर्ने बाध्यता आउने देखिन्छ । यी मर्जर भए नेपालकै ठूला घरघरानाकै हालिमुहालीमा बैंक पुग्ने प्रस्टै देखिन्छ । यसो भए बीग मर्जरले बैंकहरुको सिन्डिकेट र दादागिरी फेरि बढ्ने र बिकृती र बिसंगतीको खेतीपाती शुरु हुने देखिन्छ । हेक्का होस् । गर्भनर साब यो खेलाची होइन भविष्यले प्रमाणित नै गरेर देखाउने छ ।

पुस महिनामा मात्रै आठ वटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्य बैंक मर्जरको चरणमा छन् । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिनका लागि अध्यक्ष पृथ्वीबहादुर पाँडेले व्यक्त गरेको धारणाले पनि सरकारको नीति कार्यान्वयनमा वाणिज्य बैंकहरू लागिपरेको स्पष्ट बुझ्न सकिन्छ । भन्दा अब फरक पर्दैन । पाँडेले बैंक तथा वित्तीय संस्था सबल बन्दा वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई समेत मर्जरका लागि प्रेरित गरेको बताएका थिए ।

आर्थिक वर्ष २०७२÷७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पु¥याउने पर्ने व्यवस्था गरे । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो । चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैंकको सख्या घटाउनु । तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर बल्ल सार्थकता पाएको छ । यसबीच केही वाणिज्य बैंकहरु मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको अनुभुत हुने गरी वाणिज्य बैंकको सख्या घटेको देखिन्छ । पुस महिनामा मात्रै आठ वटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्य बैंक मर्जरको चरणमा छन् । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिनका लागि अध्यक्ष पृथ्वीबहादुर पाँडेले व्यक्त गरेको धारणाले पनि सरकारको नीति कार्यान्वयनमा वाणिज्य बैंकहरू लागिपरेको स्पष्ट बुझ्न सकिन्छ । भन्दा अब फरक पर्दैन । पाँडेले बैंक तथा वित्तीय संस्था सबल बन्दा वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई समेत मर्जरका लागि प्रेरित गरेको बताएका थिए । भन्दा फरक पर्दैन ।
दुई बैंकबीच सेयर स्वाप अनुपात १००ः९० छ । एकापसमा गाभिएपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंककै अध्यक्ष पाँडे भएका छन् ।

मर्जरपश्चात् बैंकको कुल चुक्ता पुँजी रु ३४ अर्ब १२ करोड, कुल पुँजी रु ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति रु चार खर्ब ७१ अर्ब रहेको छ । त्यसैगरी कुल निक्षेप ३६० दशमलव दुई अर्ब तथा कर्जा लगानी ३२९ दशमलव ०६ अर्ब पुगेको छ । कुल ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा देशकै ठूला वाणिज्य बैंकमध्येको अग्रणी बैंक बनेको देखिन्छ । अध्यक्ष पाँडेका अनुसार बैंकले कुल जनसङ्ख्याको १० प्रतिशत नागरिकलाई सेवा प्रदान गर्दै आएको दाबी छ ।

नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकको प्रतिनिधित्व रहने गरी इन्भेष्टमेन्टको तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिबडेवाला र मेगाको तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् । साविक इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकका रूपमा रहनुभएका मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहेका देखिन्छ । मर्जरपश्चात् बैंकको कुल चुक्ता पुँजी रु ३४ अर्ब १२ करोड, कुल पुँजी रु ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति रु चार खर्ब ७१ अर्ब रहेको छ । त्यसैगरी कुल निक्षेप ३६० दशमलव दुई अर्ब तथा कर्जा लगानी ३२९ दशमलव ०६ अर्ब पुगेको छ । कुल ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा देशकै ठूला वाणिज्य बैंकमध्येको अग्रणी बैंक बनेको देखिन्छ । अध्यक्ष पाँडेका अनुसार बैंकले कुल जनसङ्ख्याको १० प्रतिशत नागरिकलाई सेवा प्रदान गर्दै आएको दाबी छ । पुस मसान्तभित्र मर्जरमा नजाँदा राष्ट्र बैंकले दिने सुविधाबाट बञ्चित हुने भएपछि बैंकहरू हतार–हतार मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् ।

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक मर्जरपश्चात गत पुस १६ देखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ । दुई बैंक १ः१ शेयर अनुपातमा मर्जर भएका हुन् । एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी रु २६ अर्ब २३ करोड, कुल निक्षेप रु तीन खर्ब २ अर्ब र कर्जा रु दुई खर्ब ८० अर्ब पुगेको छ । मर्जरपश्चात् शाखा सङ्ख्या तीन सय छ, एटिएम सङ्ख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् ।

आठ वाणिज्य बैंक मर्ज भएर एकीकृत कारोबारसमेत सुरु गरिसकेका छन् । पुस महिनामा कुमारी र एनसिसी, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), प्रभु र सेन्चुरी बैंक तथा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एकापसमा गाभिएर एकीकृत कारोबार सुरु गरिसकेका छन् । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक मर्जरपश्चात गत पुस १६ देखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ । दुई बैंक १ः१ शेयर अनुपातमा मर्जर भएका हुन् । एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी रु २६ अर्ब २३ करोड, कुल निक्षेप रु तीन खर्ब २ अर्ब र कर्जा रु दुई खर्ब ८० अर्ब पुगेको छ । मर्जरपश्चात् शाखा सङ्ख्या तीन सय छ, एटिएम सङ्ख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् ।

अमिरप्रताप राणाको अध्यक्षतामा चन्द्र बाँस्तोला, इमानसिङ लामा, कृष्णप्रसाद ज्ञवाली र महेश पोखरेल सञ्चालक समिति सदस्य रहेका छन् । नेपालमा ‘बिग मर्जर’मा बहार ल्याउने बैंकका रूपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । बैंकले पछिल्लोपटक बैंक अफ काठमाण्डूलाई गाभेको छ । यही पुस २५ देखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृृत कारोबार सुरु गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा कृष्णप्रसाद शर्मा, देवेन्द्रप्रताप शाह, क्याविनेट श्रेष्ठ, रामबहादुर भण्डारी, राधेश पन्त र मदनलाल जोशी सञ्चालक समिति सदस्य बनेका छन् । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी रु ३५ अर्ब ७७ करोड पुगेको छ । यस आधारमा पनि यो बैंक सबैभन्दा ठूलो भएको छ । एकीकृत कारोबारपछि बैंकको कुल पुँजीकोष रु ५७ अर्ब पुगेको छ । निक्षेप संकलन रु चार खर्ब १० अर्ब, कर्जा प्रवाह रु चार खर्ब र कुल सम्पत्ति रु पाँच खर्ब पुगेको छ । बैंकले सबै जिल्लामा शाखा सञ्जाल पु¥याएको छ ।

हाल ग्लोबल आइएमई बैंकका देशभर एक हजार एक सय शाखा तथा तीन वटा वैदेशिक सम्पर्क कार्यालय छन् । दक्षिण कोरियामा नेपाली बैंकको पहिलो वैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा पनि ग्लोबल आइएमई बैंक छ । बैंकमा हाल ४० लाखभन्दा बढी ग्राहक छन् भने चार हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

प्रभु र सेञ्चुरी बैंक मर्ज भएर यही पुस २६ गतेदेखि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच एक बराबर एक सेयर रहने गरी एकापसमा गाभिएका हुन् । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी रु २३ अर्ब ५२ करोड पुगेको देखिन्छ । एकीकृत कारोबारपछि प्रभु बैंकको कुल सम्पत्ति तीन खर्ब ४० अर्ब, चुक्ता पुँजी २२ अर्ब, कुल निक्षेप दुई खर्ब ८४ अर्ब र कुल कर्जा प्रवाह दुई खर्ब ५३ अर्ब पुगेको छ । त्यस्तै ग्राहक सख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल तीन सय ६५, एटिएम सञ्जाल तीन सय नौ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैंकका पूर्व अध्यक्ष भट्टचनकै दाबी छ ।

प्रभु बैंकबाट चार जना र सेञ्चुरी बैंकबाट तीन जना गरी कुल सात सदस्यीय सञ्चालक समिति बनेको छ । प्रभु बैंकमा कृषि विकास बैंकका पूर्व सीइओ लीलाप्रकाश सिटौला अध्यक्षको अध्यक्षतामा रमेशसिंह खड्का, शंकरप्रसाद कालिकोटा, रामेश्वर सापकोटा, मनबहादुर राई, अभिषेक बज्राचार्य र गीता प्रधान सञ्चालक समिति सदस्य बनेको देखिन्छ । लक्ष्मी बैंक र सनराइज बैंकले पनि मर्जरका लागि सम्झौता गरेका छन् । मर्जरका लागि दुबै बैंकबाट दुई–दुई जनाको मर्जर समिति बनाइएको छ । मर्जरपछिको नाम लक्ष्मी सनराइज हुने सहमति भएको देखिन्छ । दुबै बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड छ । यसबाट के प्रस्ट छ भने अब १ वर्ष भित्र नेपालको करिब ५० देखि ५५ प्रतिशत बैकिङ्ग प्रणाली घरघराना र ठूला व्यापारी उद्योगपति कै कब्जामा पुग्ने देखिन्छ । तर, नेपाल राष्ट्र बैंकले मर्जरको लागि जे पनि सुविधा र कर छुट दिँदै आएको देखिन्छ । सचेत भया । (आर्थिक बजार मासिकबाट साभार गरिएको सामाग्री)

17550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका