विद्युतीय सामग्रीको शोरुम बिग डिजिटलले नयाँ अफर सार्वजनिक गरेको छ । डिजिटलले यहि जनवरी १५ देखि तीन महिनासम्मको लागि नयाँ अफर ल्याएको हो ।
एनआईसी एसिया बैंकका ग्राहकलाई डिजिटलले शुन्य व्याजदरमा किस्ताबन्दीमा आइफोन लगायत अन्य फोन, ल्यापटप, म्युजिकल इन्टुमेन्ट र घरायसी सामाग्रीहरु खरिद गर्न सकिने नयाँ अफर ल्याएको हो । जसमा शून्य रुपैयाँ डाउन पेमेन्ट गरेर आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स खरिद गर्न सकिनेछ । जसमा ग्राहकले निःशुल्क चार्जर पनि पाउने कम्पनीले जनाएको छ ।
यो अफर एनआईसी एसिया बैंकका ग्राहकले पाउनेछन् । जसका लागि ग्राहकले एनआईसी एसिया बैंकको क्रेडिट कार्ड प्रयोग गरेर किस्ताबन्दीमा विग डिजिटलले बिक्री वितरण गर्ने संम्पुर्ण डिजिटल सामाग्रीहरु खरिद गर्न सक्नेछन् ।
नयाँ अफर बिग डिजिटल भक्तपुरको कमलविनायक र ललितपुरको ग्वार्खो शाखामा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।