जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आइएमई लाइफ र सूर्या लाइफको नयाँ बोनसदर सार्वजनिक

आइएमई लाइफ र सूर्या लाइफको नयाँ बोनसदर सार्वजनिक

आइएमई लाइफ इन्स्योरेन्स र साविकको सूर्या लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छन् ।

कम्पनीहरुले आर्थिक वर्ष २०७८ /७९ को लागि बीमितलाई दिने बोनसदर सार्वजनिक गरेका हुन् । कम्पनीहरुले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृति भएपछि मुनाफामा सरिक हुने गरी(बोनस दिनेगरी) जारी भएका बीमालेखहरुका लागि दिईने नयाँ बोनसदर सार्वजनिक गरेको गरेका हुन् ।

आइएमई लाइफले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ ।

कम्पनीको सावधिक तथा सामुहिक जीवन बीमालेखमा न्युनतम ३२ रुपैयाँ देखि ७० रुपैयाँसम्म, सावधिक /अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ३२ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

इन्स्योरेन्सले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमितले ३० रुपैयाँदेखि ६३ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) अन्तर्गतका सबै अविधमा बीमालेखमा २० रूपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

आव २०७८ /०७९ को आर्थिक लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट माघ ११ गते स्वीकृत भएसँगै सूर्या लाइफले मनाफामा सरिक हुने गरी(बोनसदर दिनेगरी) जारी भएका बीमालेखहरुका लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

सूर्या लाइफका बीमितले अधिकतम ९० रुपैयाँसम्म बोनसदर पाउने भएका छन् ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ ।

बीमितले कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनसदर पाउँनेछन् ।

सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ४० रुपैयाँ देखि ७० रुपैयाँ, चौरासी पुजा अग्रिम नियमित भुक्तानी योजनामा न्युनतम ४५ रुपैयाँ देखि ७० रुपैयाँ, चौरासी पुजा अग्रिम एकल भुक्तानीमा ७५ रुपैयाँ देखि ९० रुपैयाँसम्म बोनसदर पाउँनेछन् ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागु हुने कम्पनीहरुले जनाएका छन् ।

साथै, बीमा प्राधिकरणबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्विकृत नभएसम्मको लागि कम्पनीहरुले भुक्तानी गर्ने दाबीहरुमा समेत यही बोनसदर कायम हुने कम्पनीहरुको भनाइ छ ।

1335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका