जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सगरमाथा  इन्स्योरेन्स र लुम्बिनी जनरल  इन्स्योरेन्स मर्जरमा सहमति हुँदै

सगरमाथा  इन्स्योरेन्स र लुम्बिनी जनरल  इन्स्योरेन्स मर्जरमा सहमति हुँदै

सगरमाथा  इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल  इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा सहमति गरेका छन् । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै सगरमाथा   र लुम्बिनी जनरल  इन्स्योरेन्स  कम्पनीले सहमति जुटाएका हुन् । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी २  अर्ब ६४  करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार निर्जिबन  बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ । स्वाप रेसियो डिडिए पछि मात्रै तय हुने कम्पनीहरुले जनाएका छन् ।

बीमा समितिको निर्देशन पछि यस भन्दा अगाडी एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सफल मर्जर भै सकेको छ।  त्यसपछि  प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्सले पनि मर्जरमा सहमति गरेका थिए । जीवन तर्फ प्राइम, गुराँस र युनियन लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफले  मर्जरको सहमति गरेका छन ।

2875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका